दुई सिजन यताकै खराव लयमा मेस्सी, घरेलु लिगमा अझै गोल विहिन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेनका स्टार खेलाडी लियोनल मेस्सि घरेलु लिगमा २ वर्ष यताकै खराव लयमा देखिएका छन्।

गत अगस्टमा फ्रेन्च च्याम्पियन पेरिसका लागि डेब्यु गरेका महान खेलाडी मेस्सीले लिगमा अहिले सम्म खाता खोल्न सकेका छैनन्।

युरोपियन च्याम्पियन्स लिगमा भने ३ खेलमा ३ गोल गरिसकेका मेस्सिले लिग १ मा ५ खेल खेलिसक्दा एक एस्सिस्ट पनि दिन सकेका छैनन्।

यस अघि १९/२० को सिजनमा पनि लगातार ६ खेलमा गोल गर्न नसकेका लियोनल मेस्सीले सिजनको ढिलो सुरुवात गर्दै पछि ला लिगाको पिचिची जितेका थिए।

उक्त सिजनमा गोल गर्न नसके पनि मेस्सीले लगातार रुपमा एस्सिस्ट भने दिइरहेका थिए, तर यस सिजन भने मेसीले गोल र एस्सिस्ट बिनै घरेलु लिगमा ३०० भन्दा बढी मिनेट कटाइसकेका छन्।

अर्को हप्ता बोर्डयक्स विरुद्धको खेलमा पनि गोल गर्न नसके मेस्सीको पछिल्लो सात वर्ष यताकै सबैभन्दा लामो खडेरी बन्न सक्छ। सन् २०१४ को सिजनमा पनि मेस्सी घरेलु लिगमा लगातार ८ खेलमा गोल बिहिन बन्न पुगेका थिए।

शनिबार लिग वान अन्तर्गत नै लिल विरुद्धको खेलमा केवल ४५ मिनेट पिचमा बिताएका मेस्सी, खुट्टामा चोटको समस्याका कारण हाफ टाईम पछि प्रतिस्थापित भएका थिए।

उनी फ्रान्समा खेलको थप शारीरिक शैलीमा अनुकूलन गर्न संघर्ष गरिरहेका छन्, र जब उनलाई अवसरहरू प्रस्तुत गरिनेछ पक्कै पनि उनले आफ्नो कमाल अवश्य देखाउने छन्। यस वर्ष कुनै पनि खेलाडीले मेस्सी भन्दा लिग १ मा गोल नगरी धेरै पटक लक्ष्यमा हिट गरेका छैनन्, र यसले धेरै कुरा दर्शाउदछ भन्छ।

घरेलु लिगमा एक खेलमा मात्र हार बेहोरेको पेरिस सेन्ट-जर्मन लिगमा १२ खेल खेल्दै शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको लेन्स भन्दा १० अंक बढीको अग्रता बनाईसकेको छ।

 

 

Leave a Reply

Next Post

अन्तिम खेलमा आज नेपाल र लेबनान भिड्दै

Sun Oct 31 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यु-२३ छनौट चरण अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र लेबनान आज दिउँसो प्रतिस्पर्धा गर्दैछन्। समूह चरणमा आफ्ना दुवै खेलमा हार व्यहोरेका दुबै प्रतिस्पर्धिहरु सान्त्वना अङ्क निकाल्ने प्रयासमा रहनेछन्। नेपालले यसअघि समूह चरणमा भएका खेलहरुमा ईरान बिरुद्ध ४-० र आयोजक राष्ट्र ताजकिस्तान विरुद्ध ६-० गोलअन्तरले […]
%d bloggers like this: