हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | बङ्गलादेश बिरुद्धको भर्खरै सम्पन्न दोस्रो टीट्वेन्टी खेलमा जिम्बाबे २३ रनले बिजयी भएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले बङ्गलादेशलाई १६७ रनको चुनौती दिएको थियो।
निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै जिम्बावेले १६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशी टोली १९ दशमलव ५ ओभरमा अलआउट हुँदै केवल १४३ रनमा समेटिन पुगेको थियो।
पछिल्ला केही खेलहरुमा भन्दा निकै राम्रो खेल प्रस्तुत गरेको जिम्बाब्वेको टोलीका लागि राम्रो चुनौती रन प्रस्तुत गर्ने क्रममा ओपनर वेस्ले माधवेरले ५७ बलमा ७३ रनको आकर्षक पारी खेलेका थिए। मध्यक्रममा ब्याटिङ गर्न आएका रायन बर्लले १९ बलमा २ छक्का र २ चौकाको मद्दतले ३४ रनको योगदान दिँदा, दोहोरो अङ्क छुने क्रममा रेगिस चकभा र दीओन् मेयेर्स ले १४ र २६ रन बनाएका थिए।
जिम्बाबेले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको थियो। अघिल्लो खेल खेलेका नगराभा को ठाउँ मा ३० बर्षीय टेण्डाई चतरा आएका थिए भने मुस्कंदा को ठाउँमा मिल्टन शुम्बा आएका थिए। बलिंग तर्फ बंगलादेशका खेलाडीले मध्यम खेल प्रदर्शन गरेका थिए। आफ्ना पहिलो रोजाईका बलर मुस्ताफिजुरलाई आराम दिएको बंगलादेशी टिमका लागि शोरिफुल इस्लामले सर्बाधिक ३ विकेट लिएका थिए।
उनले ४ ओवरमा ३३ रन दिएका थिए। मेहदी हसन र शकिब अल हसन ले समान १ १ विकेट मा चित्त बुझाएका थिए। आफ्ना दुई मुख्य खेलाडी मुस्ताफिजुर रहमान र लिटन दासलाई आराम दिँदै तस्किन अहमद र शमिम होसैनलाई मौका दिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशको टिमको लागि भने यो खेल सम्झन लायकको रहेन।

पहिलो खेलमा जस्तो जादु ओपनरद्वय मोहम्मद नएम र सौम्य सरकारले देखाउन सकेनन। माथिल्लो क्रम र मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा कुनै समय ५४ रनमा मा पाँच विकेट गएको बङ्गलादेशको पारीलाई थोरै राहत दिने क्रममा शमिम होसैन र अफिफ होसैन ले २९ र २४ रनको पारी खेलेका थिए।
जिम्बाब्वेको बलिङ आक्रमण भने पछिल्ला केही खेलहरुमा भन्दा निकै सुधारिएको देखिएको थियो। निकै कसिलो बलिङ गरेको जिम्बाब्वेका लागि तेंदाई चतरा र ब्लेसिंग मुजुराबानीले किफायती बलिंग गर्दै २-२ विकेट लिएका थिए।
यस्तै मध्य गतिका बलर लुक जोंगे ले ३ तथा बायाँ हाते स्पिनर वेलिंगटनले उत्कृस्ट बलिंग गर्दै ४ ओवारमा २० रन दिदै ३ विकेट लिएका थिए। ५७ बलमा ७३ रनको आकर्षक पारी खेलेका ओपनर वेस्ले माधवेर म्यान अफ द म्याच घोसित भएका थिए। यस संगै ३ खेलको श्रृंखला १-१ को बराबरीमा आइपुगेको छ।