निकायको लगानी शुन्य, अरबौंको गाली भने खेलाडीलाई

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडी अधिकांश समय सहभागिताका लागि मात्र पुग्ने गरेका छन्।

त्यो चाहे कराते होस या एथलेटिक्स, बास्केटबल, फुटबल या अन्य कुनै खेलकुद गतिविधि।

एकआध कुराले सफलता दिएपनि खेलकुदका अन्य विधामा भने नेपालको नाम सहभागितामा मात्र सीमित रहेको छ।

सहभागिता, त्यसलाई थिच्ने फितलो तयारी र अझ त्यसमा पनि लज्जास्पद हार बेहोर्ने श्रृंखला भने कहिल्यै सकिँदैन।

खेलको मुल्यांकन गर्ने संघले ठाउँमा ख्याल नगरिदिदा, खेलाडीहरुले दुःख पाउँछननै राष्ट्रको नामले पनि अझै बढी दुख पाउने गरेको छ। 

जिम्मेवार निकाय चाहिँ आफ्नो जिम्मेवारीबाट पन्छिने तर गाली खाने काम चाहिँ सधैं खेलाडीको हुने गरेको छ नेपालमा।

प्रतियोगिताको तयारीका स्वरुप दिइने खर्च व्यवस्था र पूर्वाधारको कुरा त धेरै परको कुरा हो, कतिपय खेलकुदको विधामा त खेलाडी आफूले लगानी गरेर प्रतियोगितामा सहभागीता जनाएर नेपाल फर्किदा पनि राज्यले वास्ता गरेकै हुँदैन।

उमेर समूहमा राम्रो प्रदर्शन गर्ने नेपाली महिला फुटबल होस् या पुरुष फुटबल होस् आजकल अधिकांश विधामा नेपालको प्रदर्शन खस्कँदो रहेको छ।

भलिबल र बास्केटबलमा पनि क्षमता खेलाडीहरु छन् नेपालभित्रै तर संरचना यति कमजोर छ हामीले हाम्रा क्षमतावान खेलाडीहरुलाई समेट्ने सकिरहेका छैनौ। 

खेलकुदमा खेलाडीहरुलाई चाहिने पोषण कार्यक्रम, आफ्नो प्रदर्शन सुधार गर्ने कार्यक्रम, टेक्निकल टोली हरेक कुरा अहिलेको आधुनिक खेल जगतलाई आधारभूत आवश्यकताहरु रहेका छन्। 

नेपालमा उक्त आवश्यकताको बिउ उम्रेको पनि छैन, प्रगति त सोच्न नसकिने कुरा भयो

टेष्ट राष्ट्र बाहेक अन्य कुनै राष्ट्रहरुमा क्रिकेटको यस्तो धेरै जमात शायदै भेटिएला, तर त्यसमामा प्रगति र उन्नति गर्ने कुरा त परै जाओंस भएको एउटा खेल मैदानलाई समेत मर्मत छैन।

नेपाली एथलेटिक्सको अत्तोपत्तो कहाँ छ भन्ने कुरा कसैलाई पनि थाहा छैन इज्जत थामीरहेको कराते र तेक्वान्दोले कुनबेलाबाट आफ्नो बाटो बदल्ने हो यसै भन्न सक्ने अवस्था छैन।

खेलकुद हेर्न छुट्याएको निकाय आफ्नै कुर्सीवाद, नातावाद, पार्टीबाद हरेक वादमा व्यस्त रहँदा गालीगलौज र दुर्व्यवहारको शिकार भने सदैव खेलाडी हुने गरेका छन्।

ठूला प्रतियोगिता भए भने भएभरका आफ्ना शाखा सन्तानलाई लिएर अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने खेलकुदका पदाधिकारीहरु खेलाडीहरुमा गर्नुपर्ने लगानी प्रति निकै गैरजिम्मेवार देखिएका छन्। 

अहिले हुँदै गरेको फुटसलको छनौट प्रतियोगितालाई हेर्ने हो भने पनि छर्लङ्ग देखिन्छ नेपालको खेलकुद गतिबिधीलाई। 

समूह चरणमा दुई खेलमा १६ गोल खाइसकेको नेपालले केवल दुई गोल मात्र फर्काउन सकेको छ।

 तर सामाजिक सञ्जालमा गालीको ओईरो भने तिनै खेलाडीहरुलाई मात्रै छ। फुटसलको लागि राज्यले कति लगानी गर्यो? कस्तो संरचना ल्यायो? भन्ने कुरा कसैलाई अत्तोपत्तो नै छैन। 

जानेरै त कसैले पनि नराम्रो गर्न खोजेका हुँदैनन् तर लगानीले छैन, उत्पादननै नभएको ठाउँबाट कसरी राम्रो आश गर्ने?

 

 

 

Leave a Reply

Next Post

सिटिका लागि उत्तम फरवार्ड बन्न सक्छन हालान्ड

Tue Apr 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्नो गोल गर्ने क्षमताले विश्व फुटबलमै सुप्रसिद्ध बनेका नर्वेका स्ट्राइकर एरलिंग हालान्ड सिटि जाने हल्ला व्यापक छ। म्यानचेस्टर सिटीका प्रबन्धक पेप ग्वार्डीयोलाले पनि उनलाई निकै रुचाएका छन् । गत सिजन इंग्लिस फरवार्ड ह्यारी केनलाई भित्र्याउन असफल भएपछि म्यानचेस्टर सिटीमा हाल एक उत्कृष्ट नम्बर ९ को कमी रहेको […]
%d bloggers like this: