नेदरल्यान्ड्सलाइ सस्तैमा समेट्दै, नेपालले १३ बर्ष पछि घरेलु मैदानमा जित्यो टि-२० शृंखला

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले १४२ रनको हार भोगेको छ। पहिला ब्याटिङ्ग गर्ने निमन्त्रणा पाएको नेपालका लागि, राम्रो लयमा रहेको टप अर्डरले बिष्फोटक पारि खेल्दा, नेपालले २३८ रनको बिशाल योगफल बनाएको थियो।

कुशल भुर्तेलको महत्वपुर्ण ७७, कुशल मल्लको बिष्फोटक अर्धशतक र दिपेन्द्र सिङ्ग एरिको आक्रामक ४८ रनको दममा नेपालले बिशाल योगफल बनाएको हो ।

Gyanendra Malla plays a shot against Netherlands

२३९ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स आफ्नो ब्याटिङ्ग इनिंग भरि दबाबमै रहयो र त्यसैको नतिजा अनुरुप, पावार्प्ले मै नेदरल्यान्ड्सले चार विकेट गुमायो। करण केसीले उत्क्रिस्ट बलिङ्ग गर्दै, ३ विकेट चट्काए भने, कमल सिंह एरिले २ र सन्दिप लामिछानेले दुइ विकेट चट्काएका थिए। नेदरल्यान्ड्सका लागि कुनै पनि ब्याट्सम्यानले पनि ३० रनको व्यक्तिगत स्कोर बनाउन सकेनन।

Kamal singh airee takes wicket against netherlands

नेदरल्यान्ड्सलाइ ९६ रनमा समेट्दै, नेपालले त्रिकोणात्मक शृंखलाको फाइनलमा जित निकाल्दै, शृंखला पनि जितेको हो। यो नेपालले १३ बर्ष पछि घरेलु मैदानमा हासिल गरेको टि-२० शृंखला जित हो।

Leave a Reply

Next Post

नेपाल सुपर लिगमा काठ्माण्डौ रेजर्सको बिजयी सुरुवात !!

Sat Apr 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल सुपर लिग अन्तर्गतको पहिलो खेलमा काठामनडौ रेजर्सद्वारा ललितपुर सिटि फुटबल क्लब पराजित ! ६६ औ मिनेटमा मेसौकी ओलौमोउले काठमाण्डौका लागि गोल गर्दै १-० को महत्वपुर्ण अग्रता दिलाएका थिए। दशरथ रंगशालामा भएको खेलमा दुवै टोलि : काठ्माण्डौ रेजर्स र ललितपुर सिटी फुटबल क्लबले बराबरी मौका पाएपनि, […]
C
%d bloggers like this: