हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। नेदरल्यान्ड्सलाइ हराउदै चेक रिपब्लिक क्वार्टर फ़ाइनलमा !!
उस्तै बलिया मानेका दुइ टोलि नेदरल्यान्ड्स र चेक रिपब्लिक बिच भएको आजको खेलमा चेक रिपब्लिकले २-० को गोलान्तरले नेदरल्यान्ड्सलाइ पराजित गरेको छ। जित संगै रिपब्लिक क्वार्टर फाइनलमा पुग्न सफल भएको छ। रिपब्लिकका लागि ६८ औ मिनेटमा होलसले गोल गरेका थिए भने जितलाइ सुनिस्चित गर्ने क्रममा ८० औ मिनेटमा सिकले गोल गरेका थिए।
पहिलो हाफ निकै नै रोमाञ्चक भएको खेलमा, ५५ मिनेटको समयमा नेदरल्यान्ड्सका डि लिटलाइ रेफ्रीले रातो कार्ड दिदै उनको फलको सजाय दिएका थिए। त्यस पश्चात खेलमा चेक रिपब्लिकले खेललाइ पूर्ण रुपमा आफ्नो कन्ट्रोलमा राख्न पुग्यो। सो क्रममा रिपब्लिकले ६४ औ र ८० औ मिनेटमा गोल गर्दै जित निश्चित गर्न पुग्यो।
क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कको सामना गर्ने छ। दुइ टोलि बिचको खेल जुलाई ३ मा हुने छ। यस संगै सिकले यस युरो कपमा चार गोल गरेका छन्। उनको योगदान चेक रिपब्लिकका लागि निकै नै महत्वपुर्ण मानिएको छ र सोहि देखिएको पनि छ।