हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अष्ट्रेलियामा यसै वर्ष हुने टी-ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागिता जनाउन नेपालले फेब्रुवरी १८ बाट विश्वकप छनोट खेल्दै छ।
विश्वकप छनौटको तयारीका स्वरुप खेलिएको ४ सम्मिलित टी-ट्वान्टी प्रतियोगितामा नेपाली टोलीले औसत प्रदर्शन गरेको थियो।
परम्परागत रुपमै बलियो रहेको नेपाली बलिङ ओमानको पिचमा दुई खेलमा निकै धारीलो सावित हुँदा युएई विरुद्ध भने पिटिन पुगेको थियो।
तर टी-ट्वान्टी खेलको रोमाञ्चकता भनेकै यसले ल्याउने अप्रत्याशित नतिजा रहेको छ।
तर नेपली ब्याट्सम्यानले आयरल्यान्ड विरुद्ध गरेको प्रदर्शनले विभिन्न शंका उपशंका भने उत्पन्न भएका छन्।
मध्यक्रममा रहेका सिनियर खेलाडीले सम्हालिएर ब्याटिंग गर्न नसक्दा, नेपालले टेस्ट राष्ट्र विरुद्ध जित हासिल पार्ने संभवतः त्यो भन्दा राम्रो अबसर पुनः पाउने छैन।
एक समय पारस खड्कामा निर्भर रहेको नेपालको ब्याटिङको जिम्मेवारी अहिले दीपेन्द्रसिंह अहिलेको काँधमा आएको जस्तो देखिन्छ।
स्पिन अलराउन्डर रहेका दिपेन्द्र सिंह ऐरीले प्रतियोगितामा बलले मात्र नभई व्याटले पनि राम्रो प्रदर्शन देखाएका थिए।
उनले ब्याटिङको योगदानले नेपालले ओमान विरुद्ध जित निकालेको थियो, युएई विरुद्ध राम्रो स्कोर बनाउन सक्यो भने आयरल्यान्ड विरुद्ध सम्मान जनक स्कोर बनाएको थियो।
यद्यपि उक्त खेलको नतिजालाई भने स्वीकार गर्न सकिँदैन।
दीपेन्द्रले प्रतियोगितामै सर्वाधिक तीन खेलमा १४२ रन बनाएका थिए।
आयरल्याण्डविरुद्ध ४ विकेट पनि लिन भ्याएका दिपेन्द्र सिंह ऐरी, पारस खड्काको विरासत कायम गर्नसक्ने खेलाडीका रूपमा विकसित भएका छन्।
सायद नेपाली क्रिकेट टोली अब उनकै प्रदर्शनको वरिपरि नतिजा आत्मसाथ गर्ने बाटोमा जाँदैछ।
क्षमतावान खेलाडीहरूको वरीपरी संसारका सम्पूर्ण टोली निहीत हुने भएतापनि नेपाललाई दीपेन्द्रसिंह जस्तै अर्का एकजना मुख्य खेलाडीको खाँचो देखिन्छ।
युएई र आयरल्यान्ड विरुद्धको खेलले नेपाललाई दिपेन्द्र सिंह ऐरीलेलाई साथ दिने अर्का भरपर्दा ब्याट्सम्यान अति नै आवश्यक रहेको कुरा देखाइसकेको छ।
बलिङमा निकै राम्रो प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आगामी विश्वकपमा आफ्नो स्थान बनाउनका लागि, ब्याटिङमा सुधार गर्नुपर्ने ठुलो चुनौती रहेको छ।