हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकामा विश्व क्रिकेट लिग २ खेल्न पुगेको नेपाली टोलीले आफ्नो चौथो चरणको त्रिकोणात्मक श्रृङ्खला समाप्त गरेको छ।
सिरिज अन्तर्गत अन्तिम खेलमा घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध ३९ रनको हार बेहोर्दै टोलीले श्रृंखला समाप्त गरेको हो।
त्रिकोणात्मक श्रृंखलामा चार खेल खेलेको नेपाली टोलीले दुईमा पराजय एकमा बराबरी र एक जित निकाल्दै केवल तीन अङ्क जोडेको छ।
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप मा छनौट हुन जारी प्रतियोगितामा शीर्ष पाँचमा रहन आवश्यक छ।
सात देश सम्मिलित छनोट प्रक्रियामा नेपालले शीर्ष तीनमा आफ्नो स्थान पक्का गर्न सके सोझै छनौट चरणमा प्रवेश गर्नेछ।
शीर्ष पाँचमा पर्न सके नेपाललाई अर्को छनोट चरणमा प्रवेश गर्दै एकदिवसीय मान्यताप्राप्त कायम गर्न सजिलो हुन जान्छ।
तर नेपालको घरेलु मैदान बाहिरको प्रदर्शन हेर्ने हो भने यसपटकको त्रिकोणात्मक श्रृंखलाले ब्याटिंग चिन्ताजनक अवस्थामा रहेको बताएको छ।
नेपालले चार खेल्दा एकपटक अमेरिका विरुद्ध मात्र २५० रन भन्दा बढी बनाउन सक्यो।
२७४ रन बनाएको उक्त खेलमा अमेरिकालाई रोक्न नेपाललाई हम्मे हम्मे परेको थियो।
तर आश्चर्यजनक रूपमा खेल बराबरीमा टुंगिदा एक अङ्क जोड्न भने सफल भएको थियो।
अमेरिकाविरुद्ध नै अन्तिम खेलमा २४६ उनको मध्यम लक्ष्य पछ्याएको नेपालले पुनः खराब ब्याटिङ गर्दै आफ्ना सबै विकेट गुमाउँदा केवल २०६ रन बनाएको थियो।
त्रिकोणात्मक सिरिजको सुरुवातमै ओमान विरुद्ध केवल २१२ रनको लक्ष्य पछ्याएको नेपाली टोली केवल १९८ रोकिएको थियो।
ओमानलाई नै दोस्रो खेलमा १६३ रनमा रोकेको नेपालले उक्त खेलमा भने सात विकेटको विजयी हासिल गरेको थियो।
बलिङ तर्फ भने नेपालको प्रदर्शन राम्रो देखिन्छ. चार खेलमा नेपाली बलरहरुले प्रति खेल ७.५ को औसतले ३१ विकेट लिए।
नेपालि ब्याटिङको पछिल्लो अवस्था हेर्ने हो भने, खेल जित्न एकदिवसीय खेलमा २०० रन वा सो भन्दा कमको लक्ष्यमा मात्र जित निकाल्न सक्ने अवस्थामा देखिन्छ।
तर विश्व क्रिकेट लिग अन्तर्गत नै युएई विरुद्धको भएका दुई खेलमा नेपालको औसत १०९ रनको रहेको थियो।
आफूसँगैका प्रतिद्वन्द्वीहरु विरुद्ध टि-ट्वान्टी खेलमा पनि हालत उस्तै रहेको छ।
पछिल्ला तथ्यांक केलाउने हो भने घरेलु भुमि बाहिरका खेलमा यूएई, ओमान, आयरल्यान्ड जस्ता राष्ट्रहरु विरुद्ध नेपालले औसतमा ११० रनको पारी खेल्ने गरेको छ।
यसरी महत्वपूर्ण खेलहरुमा केवल सामान्य लक्ष्य पनि पछ्याउन नसक्दा, नेपालले आउदो समयमा निकै राम्रा अवसरहरुबाट बञ्चित हुन सक्ने अवस्था छ।
यसका लागि बेलैमा ब्याटिंग कोच ल्याउने र प्रतियोगिता संचालन गर्नुपर्ने आवश्यक देखिन्छ।