नेपालको शानदार जितमा ककसको रह्यो महत्वपुर्ण भूमिका?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत गएराति सम्पन्न खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ।

ओमानको अल आमिरत मैदानमा भएको उक्त खेलमा अमेरिकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो।

२३१ रनको विजयी लक्ष्य पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य बनाएको थियो।

पहिलो इनिङको मध्यान्हमा नेपाली बलरहरु केही दवाबमा देखिएतापनि अन्त्यतिर भने राम्रो कमब्याक गरेका थिए।

अमेरिकाका तर्फबाट माथिल्लो क्रमका ब्याट्सम्यान मोनांक पटेलले टिमको पारी जोगाएका थिए।

अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन नसक्दा पटेलले शतकीय पारी खेल्दै अमेरिकालाई २३० रन सम्मकाे चुनौतीपूर्ण स्कोर बनाउन मद्धत गरे।

खेलको मध्यान्नमा मोनाङ पट्टेलले अन्य ब्याट्सम्यान सँग तीनपटक ३० रन भन्दा बढीको साझेदारी गरेका थिए।खेलको अन्त्यतिर त्यस्ता साझेदारिहरु घट्दै गएपछि अमेरिकाको पारी पनि खुम्चिन पुगेको थियो।

पटेलले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन बनाए भने अन्य नौ ब्याट्सम्यानले कुल मिलाएर १३० रन जोडेका थिए जसमा ७ अतिरिक्त रन थियो।

बलिङतर्फ नेपालको प्रदर्शन मध्यम किसिमको रहेको थियो। नेपाली स्पीन बलरहरुले सोचेअनुसार कै प्रदर्शन गरेका थिए।

भरपर्दा स्पीन बलर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै ३५ रन दिएर २ विकेट लिए भने सुशन भारीले १० ओभरको कोटा पूरा गर्दै ३१ रन दिएर २ विकेट लिन सफल भए।

त्यसै गरे कुशल मल्लले १० ओभरमा ४५ रन दिएर १ विकेट आफ्नो नाममा दर्ता गरे।

नेपालको तीव्र गतिको बलिङ भने औसत मात्र रह्यो। सोमपाल कामीले ९ बलिङ गर्दा ४४ रन दिएर विकेट बिहिन बने भने कारण केसीको पनि सोही हाल थियो। उनले ५ ओभरमा ४१ रन खर्चिए तर विकेट भने लिन सकेनन्। आफ्नो पहिलो खेल देखिने निकै राम्रो प्रदर्शन गर्दै आइरहेका विक्रम सोब ले भने तीव्र गतिको साख जोगाएका थिए। उनले ६ ओभरमा ३३ रन दिँदै २ विकेट लिन सफल भए।

२३१ रनको बिजयी लक्ष्य पाएको नेपाली टोलीले ओपनिंगमा राम्रो साझेदारी गरेको थियो।ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै नेपाललाई जितको बाटो खोलेका थिए।

कुशल भुर्तेलले ९३ बलमा ८४ रनको आकर्षक पारी खेलेका थिए भने आशिफ शेखले २३ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा लेग बिफोर आउट हुँदा एकपटक पुनः युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले उत्कृष्ट पारी खेल्दै नेपाललाई अर्को जित दिलाए।

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र रोहित पौडेलले आपसमा ८३ रनको साझेदारी गर्दै नेपाललाई जित सम्म डोहोर्याएका थिए। विनोद भण्डारीले ४८ बलमा ३७ रनको जिम्मेवारीपूर्ण इनिंग खेलेका थिए। रोहित पौडेलले भने ८७ बलमा ६२ रन बनाए।

अर्का आश गरिएका कुशल मल्ल भने एकपटक पुनः सस्तैमा समेटिन पुगे। केवल एक रन बनाउँदा उनी नेत्रभलकरको शिकार हुन पुगेका थिए।

अमेरिकाको बलिङतर्फ निसार पटेलले १० ओभरमा ३३ रन दिँदै २ विकेट लिए भने नोटुश केन्जीगेले ८ ओभरमा ४३ रन दिँदै २ विकेट आफ्नो नाममा गरे। नेत्रभल्करले एक विकेट लिँदा अन्य बलरहरु विकेटविहिन हुन पुगे।

८४ रनको आकर्षक पारी खेलेका नेपालका ओपनर कुशल भुर्तेल खेलको म्यान अफ दि म्याच घोषित भएका थिए।

विश्वक्रिकेट लिग अन्तर्गतनै आज ओमान र नेपाल आमनेसामने हुँदै छन्।

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिगको समूह चरणको खेल आज बाट: बार्सिलोना र बायर्न आपसमा भिड्दै

Tue Sep 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणका खेल आज बाट सुरु हुँदैछन्। ५ पटकको युरोपेली च्याम्पियन्स लिग विजेता बार्सिलोना र ६ पटक उपाधि जितेको बायर्न म्युनिख आफ्नो समूह चरणको पहिलो खेलमा राति १२:४५ मा आमनेसामने हुनेछन्। बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुने उक्त खेल युरोपियन ड्र सक्किने […]
%d bloggers like this: