अफ्रिकन टोली मौरिसियस विरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफको बराबरीमा सकिएको छ।
४-३-३ फर्मेशनमा खेल सुरुवात गरेको नेपालले पहिलो हाफको निकै आक्रमक सुरुवात गरेको थियो।
पहिलो हाफको तेस्रो मिनेटमा नेपालले पाएको फ्रिकिक मौरीसियसका खेलाडीलाई लाग्दै बाहिरिन पुगेको थियो।
खेलको १३ औं मिनेटमा सुमन लामाले डी एरिया भन्दा बाहिरबाट गरेको प्रहार बाहिरिन पुगेको थियो।
शारीरिक रूपमा निकै बोल्यो प्रस्तुत भएको अफ्रिकन टोलीले पहिलो हाफ को १७औं मिनेटमा नेपाली डिफेन्डरले गरेको गल्तीलाई सदुपयोग गर्न सकेनन्। देवेन्द्र तामाङले राम्रो ट्याकल गर्दै आफ्नो गल्ति सुधारेका थिए।
मौरीसीयस भन्दा प्राविधिक रुपमा राम्रो खेल प्रस्तुत गरे पनि नेपालले विपक्षीको पोस्टमा धावा बोल्ने खालका मुभ भने निकाल्न सकेको छैन।
खेलको २५ औं मिनेटमा निकै राम्रो तालमेल गर्दै विमल घर्तीमगरलाई प्राप्त भएको बलले सही दिशा लिन नपाउँदा नेपालले अग्रता लिने मौका गुमाएको थियो।
३१औं मिनेटमा सुमन लामाले डी बक्स बाहिर बाट प्रहार गरेको शट पुनः पोस्ट भन्दा निकै बाहिर गएको थियो।
खेलको ३४औं मिनेटमा मौरिसियसका खेलाडीले गरेको प्रहार किपर किरण चेम्जोङले सहजै बचाव गरेका थिए।
अन्तिममा अन्जनले मौरिसियसको गल्तिलाइ गोलमा परिणत गर्न नसकदा पहिलो हाफ बराबरिमा टुङ्गिएको हो।