नेपाललाई पराजित गर्दै भारत यु -१९ साफ फाइनलमा प्रवेश

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाललाई १-० गोल अन्तरले पराजित गर्दै भारतीय महिला यु १९ फुटबल टिम साफ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशको ढाका स्थित बिर श्रेष्ठ सहिद रंगशालामा भएको खेलमा भारतका तर्फबाट निर्णायक गोल दोस्रो हाफको ६७औ मिनेटमा नोरेम प्रियंका देभिले गरेकी थिइन्।

अघिल्ला खेलहरुमा जस्तो दमदार प्रदर्शन गर्न नसकेको नेपाली टोलीले भारतीय पोस्टमा खास्सै आक्रमण गर्न सकेन। रक्षात्मक खेलमा बढी जोड दिएको नेपालले भारतीय रणनिती कम्जोर सम्झिनु नै आजको हारको प्रमुख कारण बन्न पुगेको थियो।

केवल एक अंकका लागि मैदानमा उत्रदा नेपालले उमेर समूहमा मात्र हैन सिनियर टोलीमा पनि भारत विरुद्ध हार बेहोरेको इतिहास आज पुनः दोहोरिएको छ।

बराबरी मात्र पर्याप्त भएको खेलमा नेपाली महिला टोलीले सोचे अनुसारको खेल पस्किन नसक्दा मुखैमा देखिएको फाईनल अब धर्मराएको छ।

नेपालले अब फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंका बिचको खेलको नतिजा कुर्नुपर्ने  भएको छ। यदि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको खण्डमा मात्र नेपाल फाइनलमा प्रवेश गर्नेछ।

अर्को तिर बलियो बंगाली टोलीलाई भने केवल एक अंकको आवश्यकता रहेको छ। ३ खेल बाट ७ अंक जोडेको घरेलु टोलि बंगलादेशको एक खेल बढी खेलेको नेपालसंग अंक बराबरी रहेको छ।

Leave a Reply

Next Post

एशेज सिरिज : अस्ट्रेलियन टोलि दोस्रो जित नजिक

Sun Dec 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलिया र इंग्ल्याण्ड बीचको जारी एशेज शृंखला अन्तर्गत दोस्रो टेष्टमा अष्ट्रेलिया जित नजिक पुगेको छ। दोस्रो टेस्टको चौथो दिन सम्म आइपुग्दा ४६८ रनको बिशाल योगफल पछ्याएको इंग्लिश टोलीले खेल समाप्ति हुँदा सम्म ४ विकेटको नोक्सानीमा ८२ रन मात्र जोड्न सकेको छ। पहिलो इनिङमा ४७३ रन बनाएको […]
%d bloggers like this: