नेपालले अन्तरास्ट्रिय टि-ट्वान्टी सिरिज आयोजना गर्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट संघले तिन देश सम्मिलित त्रिकोणात्मक अन्तरास्ट्रिय टि ट्वान्टी प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

नेपाली क्रिकेट टोलि हाल टि ट्वान्टी विश्वकप छनौटका लागि ओमानमा ब्यस्त रहँदा क्रिकेट संघले सामाजिक संजाल मार्फत उक्त जानकारी दिएको हो।

विश्वकप छनौट पश्चात नेपाली टोलि विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत, पपुवा न्युगिनी र युएई संग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।

एकदिवसीय सिरिज भने मार्चको दोस्रो साता बाट सुरु हुने बताईए पनि मिति भने तय भएको छैन।

यसअघि गतवर्ष वैशाखमा क्यानले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मार्च अन्तिम देखि टियुमा गर्न लागेको जानकारी दिएका थिए।

सिरिजबारे अन्य जानकारी एक दुई दिनमा दिने उनले बताए।

 

Leave a Reply

Next Post

बार्सिलोनामा पेड्री र जाभीको जादु, भाग्य फेर्दै क्याटलन टोलि

Mon Feb 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्यटलन महारथी बार्सिलोनाले लिगमा पराजय नदेखेको झन्डै दुई महिना भन्दा बढी समय भइसकेको छ। सिजनको सुरुवातमा आएका नकरात्मक टिप्पणीले कतै जाभीको बार्सिलोना पनि फेल खाने त हैन? भन्ने शंका उपशंकालाई पाखा लगाउदै द्रूतरुपमा अघि बढेको बार्सिलोना रोकिने स्थितिमा देखिंदैन। टोलीमा आत्मविश्वास बढेको देखिन्छ। बार्सिलोनाको मुख्य मूटू […]
%d bloggers like this: