नेपाली एथलेटिक्सको अभाब र संघर्षका महान प्रतिनिधि: बैकुण्ठ मानन्धर

नेपालमा एथलेटिक्सले जन्म लिए पश्चात आधुनिक समयको सर्वाधिक सफल र सबैले मानिएको नाम हो बैकुण्ठ मानन्धर।

काठमाडौंमा विक्रम संवत २००९ मा जन्मिएका बैकुण्ठ मानन्धर नेपाली एथलेटिक्सको संघर्ष र अभावका एक प्रतिनिधि हुन्।

दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट एथलेटिक्समा सर्वाधिक स्वर्णपदक विजेता रहेका मानन्धर अथक परिश्रम र लगनशीलता को प्रतीक हुन्।

उनले सन् १९८४,१९८५ र १९८७ मा भएको दक्षिण एसियाली खेलकुदमा लगातार ३ स्वर्ण पदक जित्दै नेपालका तर्फबाट इतिहासका रचेका थिए। नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक बिष्टले सर्वाधिक ४ स्वर्ण पदक जित्दै पछि उनको किर्तिमान तोडका थिए।

सन् १९८७ मा बैकुण्ठ मानन्धरले कलकत्तामा भएको दक्षिण एसियाली खेलकुदमा राखेको २:१५:०३ को रेकर्ड अहिलेसम्म तोडिएको छैन।

सिमित श्रोत र साधनका बाबजुद चारपटक ओलम्पिकमा सहभागिता जनाएका मानन्धरले भविष्यको नेपाली एथलेटिक्सको बाटो कुँदेका थिए।

वीरगञ्जमा भएको राष्ट्रिय दौड प्रतियोगितामा आयोजकहरुलाई बिन्ती गरेर खाली खुट्टै ट्रयाकमा दौडिँदै नेपाली एथलेटिक्समा आफ्नो पहिलो पाइला राखेका बैकुण्ठ मानन्धरले, उक्त दौड जितेको पैसाले आफूले जुत्ता किनेको बताउँदछन्।

घरमै बनाएको शर्ट र घुँडा सम्म काटेको पेन्ट लगाएर पहिलो पटक ट्रयाकमा दौडी रहँदा मानन्धरले एथलेटिक्सको हरेक पाइलामा आफ्नो नाम लेखिन लागेको कुरा सायदै अवगत गरेका थिए होलान्।

यस्ता धेरै कथाहरूको यो एउटा उदाहरण मात्र हो र तिनले आफ्नो पेशागत वर्षहरूमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दा पनि निरन्तरता पाए। आफ्नो देशप्रति अथाह माया भएका व्यक्तिले अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्ता आधारभूत आवश्यकताको अभाव हुने गरेको घटनालाई स्मरण गर्दै उनले भने,

‘हामीले नेपाल बाहिर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा [अन्य राष्ट्रका सहभागीहरू] हामीलाई सोध्ने गर्थे हामीसँग दौडका लागि किन उपयुक्त लुगा र जुत्ता थिएन? हामी देशको खराब छवि संसारमा चित्रण गर्न चाहँदैनथ्यौं, हाम्रा प्रशिक्षकहरूले हामीलाई स्वाभिमानको कुरा सिकाउनुभएको थियो, त्यसैले हामी यस्ता प्रश्नहरू घुमाउरो पारामा उनीहरूलाई बताउँथ्यौं। त्यस्ता वस्तुहरू हाम्रो देशमा फेला परेनन् भन्दै।

सिमित श्रोत र साधनका बाबजुद पनि नेपाली एथलेटिक्सलाई नयाँ उचाईमा पुर्याउँदै र लगनशील भएर खेलकुदको विकासमा लागेका बैकुण्ठ मानन्धरलाई हाम्रो सदैव सलाम छ।

 

 

 

 

 

 

Leave a Reply

Next Post

सागर थापाको त्यो अविस्मरणीय फ्रि-किक, जसले पुरै एसिया हल्लायो ( Watch )

Fri Oct 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन्दर्भ सन् २०११ को साफ च्याम्पियनसिपमा नेपालको समूह चरणको दोश्रो खेल हो, जतिबेला नेपालले बङगलादेश विरुद्ध खेल्दै थियो। पहिलो खेलमा माल्दिभससँग बराबरी खेलेको नेपाल दोस्रो खेलमा अनिवार्य जितको खोजीमा बङ्गाली टोलीलाई मैदानमा सामना गर्दै थियो। दुवै देशलाई जित निकाल्न सकेको अवस्थामा साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण सहज हुने […]
%d bloggers like this: