नेपाली क्रिकेटमा ऐतिहासिक आजको दिन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| अगस्ट १ अर्थात, नेपाली क्रिकेटको ऐतिहासिक दिन। एकदिवसीय मान्यताप्राप्त गरेपछि नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको दिन आज। बर्षौदेखि को अथक प्रयास र लगानीले प्रतिफल दिएको आजको दिन।

१५ मार्च मा एकदिवसिय मान्यताप्राप्त पाएको नेपालले अगस्ट १ मा नेदरल्यान्ड संग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको थियो।

जिम्बाबेमा भएको विश्वकप क्वालिफायर मा असोसिएट राष्ट्रहरुमध्ये उत्कृष्ट घोषित हुँदै नेपालले सन् २०१८ मार्चमा एक दिवसीय मान्यता प्राप्त गरेको थियो।

तर पहिलो खेल नेपालका लागि सम्झनलायक भने रहेको थिएन । नेदरल्याण्ड्स बिरुद्ध नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको खेलमा ५५ रनको हार बेहोर्न पुगेको थियो।

नेदरल्याण्डको एम्सटरड्याम मा भएको सो खेलमा नेदरल्याण्डसले पहिले ब्याटिङ गर्दै ४७.४ ओवारमा सबै विकेट गुमाउदै १८९  रन बनाएको थियो। कप्तान पारस खड्का(४ वि.) र बलर सोमपाल कामी(३ वि.)ले उत्कृष्ट प्रदर्शन गर्दै आपसमा ७ विकेट बाँडेका थिए।

१९० रनको बिजयी लक्ष्य पाएको नेपालको इनिङ भने ४१.५ ओवारमा १३४ रनमै समेटिन पुगेको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाएका थिए भने दिपेन्द्र ऐरी ले ३३ रन बनाउन सफल भएका थिए। नेपालको पारीमा चार ब्याट्सम्यानहरू शुन्य रनमै आउट हुन पुगेका थिए। उक्त खेलमा कप्तान पारस खड्काले २१ बल खेल्दै १२ रनको योगदान दिएका थिए।

 

Leave a Reply

Next Post

फ्रान्स सुपर कपको फाइनलमा पेरिस सेन्ट जर्मन पराजित !!

Mon Aug 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। इसरायलमा भएको फ्रान्स सुपरको फाइनलमा लिलबिरुद्द भएको गएराति खेलमा पीएसजी १-० गोलान्तरले पराजित भएको छ। खराब लयमा चलिरहेको भएपनि लिलका छाकाको उत्कृष्ट प्रदर्शन हुदा पूर्वबिजेता पिएसजीलाइ पराजित गरेको हो। सुरुबाटै आक्रामकरुप अपनाएको पोचेटिनोको टोलिले धेरै मौकाहरु सिर्जना गरेपनि, मौकालाइ गोलमा परिणत गर्न भने सकेन। टोलीमा एम्बाप्पे, […]
%d bloggers like this: