हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। केहि महिना अघि विभिन्न समस्याहरुको सिकार भएको नेपाली क्रिकेटलाइ यो हप्ताको शृंखला जितले नया जोस, खुसियाली र आशा दिएको छ। सन्दिप लामिछानेको केस होस् या नेपाल टि-२० लिगमा भएको फिक्सिंग र संलग्न खेलाडीमा नेपाली खेलाडीको नाम जोडिनुले नेपाली खेलप्रेमी जगतलाइ निकै निराश तुल्याएको थियो।

आइसीसी विश्व क्रिकेट लिग २, अन्तर्गत नामिबिया र स्कटल्याण्डले नेपाल भ्रमण गरि आफ्नो कोटाको खेलहरु खेल्दै घर तर्फ फर्किसकेका छन्। सो भ्रमणमा, नामिबियाको निराशजनक प्रदर्शन रहयो भने स्कटल्याण्डले सन्तोषजनक परिणाम निकाल्यो , तर विभिन्न समस्याबाट गुज्रिरहेको भएता पनि नेपाली टोलिले सर्बोत्क्रिस्ट परिणाम निकाल्दै, आफ्नो एकदिवसीय विश्वकपमा छनोट हुने आशा र एकदिवसीय मान्यता कायम गर्ने मौकालाइ जीवित नै राख्न सफल भयो।
खेलिएका चार खेलमा नेपालले सबै खेलमा बिजयी हासिल गर्यो। हरेक जितमा हामीले नया नायक, नया हिरो देख्न पायौ। भुर्तेलको शतक, सन्दिपको कम्ब्याक, दिपेन्द्रको कुल इनिंग, कुशलको आक्रामक पारी, ज्ञानेन्द्रको महत्वपुर्ण साझेदारी, सोमपालको फिनिश, कारणको परिस्थिति अनुसार खेल्न सक्ने समजदारी, र रोहित कुमार पौडेलको कप्तानी पारीहरुले नेपालका लागि शृंखलालाइ सफल तुल्याए।
यस साथै नेपाली टोलीले पुनरागमनको पथ लिएको छ। विश्व क्रिकेट लिग २ अन्तर्गत खेलिने सबै खेलमा जित हासिल गर्न सके नेपालले विश्वकप छनोट खेल्ने अवसर पाउने छ।
गएको शृंखलालाइ नियाल्दा, अब आउने खेलहरुमा सुधार्नु पर्ने पक्ष यस प्रकार देखिन्छन :
– देथ बलिङ्गमा धेरै नै सुधार गर्नु पर्ने देखिन्छ:
नेपालले ४० औ ओभरसम्म बिपक्षी टोलीलाइ कम भन्दा कम रनमा रोक्न सके पनि अन्तिमको १० ओभरमा १२+ को रेटले रन खर्चेको देखिन्छ, जुन बिषेस पहिला ब्यटिङ्ग गर्दाको स्थितिमा एकदमै खतरनाक समस्या देखिन्छ।
– मोमेण्टम हराउनु :
ब्याटिंग होस् या बलिङ्ग, नेपालले राम्रो पकडबनाएको स्थितिबाट आफ्नो मोमेण्टमलाइ जोगाउन सकेको छैन। ३-४ रनको फरकमा ३-३ विकेट गुमाउनु, अन्तिमका ओभरमा देखा परेका प्यानिक मोमेन्टहरुले नेपाललाइ आउने खेलहरुमा चोट पुर्याउन सक्ने देखिन्छ।
– शटिक लाइन र लेन्थमा भैरहेका चुकहरु
, बिशेस गरेर हाम्रा तिब्र गतिका बलर सोम्पाल र करणलाइ उचित लाइन पकड्न गएको शृंखलामा समस्या रहेको देखियो। फ्रन्टलाइन बलरहरुमा यो समस्या देखिए, नेपालले धेरै रन खर्चिने सम्भावना बढेर जान्छ।