हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली मंगलबार ताजकिस्तान प्रस्थान गरेको छ।
आगामी साताबाट सुरु हुने छनौट चरणका लागि प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए।
ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल समावेश छन्।
एक महिनाको बन्द प्रशिक्षणपछि प्रशिक्षक बालगोपाल महर्जनले छनौटमा सहभागी हुने टोलीको घोषणा गरेका थिए।
‘हाम्रा प्रतिद्वन्द्वी एसियाली फुटबल नभएर युरोपेली स्तरका छन् । हामीले सकेसम्म राम्रो फुटबल खेल्ने हो । समूह विजेता बन्ने भन्दा पनि खेल अनुसार आफूलाई प्रस्तुत गर्नेछौं,’ प्रस्थान गर्नु अघि उनले बताए।
प्रतियोगिता सुरु हुनु भन्दा अघि नेपालले ताजकिस्तान पुगेर एउटा मैत्रीपूर्ण खेल खेल्ने छ।
एएफसी यु–२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म ताजकिस्तानमा हुँदैछ । समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेवनानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
यसपटक प्रशिक्षक महर्जनले अघिल्लो साता साफ च्याम्पियनसीपमा सिनियर टोलीमा रहेका ६ खेलाडीलाई समावेश गर्दै अन्तिम २३ टोलीको नाम सार्बजनिक गरेका छन्।
२३ सदस्यीय अन्तिम टोली :
गोलकिपर – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का