नेपाली यु-२३ राष्ट्रिय फूटबल टोलीले आज इन्डोनेसिया संग मैत्रीपूर्ण खेल खेल्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली यु-२३ राष्ट्रिय फुटबल टोलीले एएफसी छनौटको तयारी स्वरुप आज साँझ ५:४५ मा इन्डोनेसियाको यु-२३ टोलि सँग प्रतिस्पर्धा गर्दैछ।

गसर सेन्ट्रल मैदानमा हुने खेलको प्रत्यक्ष प्रसारण भने हुने छैन।

एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली मंगलबार ताजकिस्तान प्रस्थान गरेको थियो ।

एएफसी यु–२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म ताजकिस्तानमा हुँदैछ । समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेवनानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

यसपटक प्रशिक्षक महर्जन साफ च्याम्पियनसीपमा सिनियर टोलीमा रहेका ६ खेलाडीलाई समावेश गर्दै अन्तिम २३ टोली लिएर ताजकिस्तान पुगेका छन्।

यसै साता अक्टोबर २५ मा नेपालले इरान विरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ भने २८ अक्टोबरमा आयोजक टोलि ताजकिस्तानको सामना गर्ने छ।

समूह चरणको अन्तिम खेल नेपालले लेबनान विरुद्ध ३१ अक्टोबरमा खेल्ने छ।

२३ सदस्यीय अन्तिम टोली :

गोलकिपर  अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर  सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर  नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

 

 

 

Leave a Reply

Next Post

"म्यानचेस्टर युनाईटेड वास्तबमै खतरनाक छ, तर हामी तयार छौ"

Fri Oct 22 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेड विरुद्ध आइतबार हुने खेल अघि लिभरपुलका प्रशिक्षक योर्गन क्लपले मिडियाकर्मी संग प्रतिक्रिया जनाएका छन्। शुक्रबार पत्रकार संग बोल्दै जुर्गेन क्लोपले म्यानचेस्टर युनाइटेडको अट्लान्टा बिरुद्धको पहिलो हाफको लिभरपुलका लागि उत्साहजनक हुने कुरालाई ठाडै अस्विकार गरेका छन्। एटलान्टा विरुद्धको जित पछि खेल विश्लेषकहरुले युनाईटेडको पहिलो हाफ […]
%d bloggers like this: