नेपाली राष्ट्रिय फुटबल टोलि स्वदेश फिर्ता

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्किएको छ।

माल्दिभ्समा सपन्न भएको साफ च्याम्पियनसिप प्रतियोगिता सकिए लगत्तै नेपाली राष्ट्रिय टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला राखेका थिए।

प्रतियोगिताको १३औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको नेपाली टोली भारत संग पराजित हुँदै उपविजेतामा सीमित हुन पुगेको थियो।

एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रवीन्द्र जोशी, सहायक महासचिव अरुणमान जोशी, सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने र कार्यकारी समितिका सदस्य रुपेश अधिकारीले विमानस्थलमा टोलीलाई स्वागत गरेका थिए।

नेपाली राष्ट्रिय टोलीमा  रोहित चन्द र प्रशिक्षक अब्दुलला अल्मुताईरी भने अनुपस्थित थिए।

इन्डोनेसियाको राष्ट्रिय फुटबल लिग खेल्दै आएका रोहित चन्द क्लब ड्युटी सम्हाल्न जकार्ता पुगेका छन्। नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिइसकेका अब्दुल्लाले भने आफ्नो भविष्यको बारेमा सोच्न अझै दुई हप्ता लाग्ने भन्दै साफको फाईनल खेलपछि एक अन्तर्वार्तामा बताएका थिए।

साफ च्याम्पियनसीपमा भारतविरुद्धको खेलमा आफूविरुद्ध नकरात्मक टिप्पणी गरे सँगै मिडियाकर्मी सँग रिसाएका प्रशिक्षक अब्दुल्लाले नेपाल फाइनलमा प्रवेश गरेलगत्तै अब आफु राष्ट्रिय टोलीको जिम्मेवारी थप ग्रहण नगर्ने बताएका थिए।

करिब ६ महिनाअघि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली राष्ट्रिय टोलीमा एक आमूल परिवर्तन भने देखिएको छ। नेपालको परम्परागत रक्षात्मक खेललाई सोझ्याउँदै आक्रमक पनि खेल्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालमा आएका अब्दुल्लाले छोटो समयमै राष्ट्रिय टोलीलाई एकपछि अर्को सफलता दिलाएका थिए।

महिना दिन भन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्केको हो । साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो । कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो।

 

Leave a Reply

Next Post

बार्सिलोनाका लागि डेब्यु गरेपछि सर्जियो अगुएरो निकै खुशी

Mon Oct 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भ्यालेन्सिया बिरुद्धको खेलबाट आफ्नो बार्सिलोना करियरको सुरुवात गरेका अगुएरोले डेब्यु गर्न पाउँदा निकै हर्षित भएको बताएका छन्। ३-१ ले खेल आफ्नो पक्षमा पारेको बार्सिलोनाका लागि खेलको ८७औ मिनेटमा अगुएरो मैदान प्रवेश गरेका थिए। प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट फ्री ट्रान्सफरमा बार्सिलोना आएका अगुएरो आइतबार बार्सा टोलीमा […]
%d bloggers like this: