नेपाल – बंगलादेशबीचको दोस्रो मैत्रीपुर्ण खेल बराबरीमा टुङ्गियो !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पहिलो मैत्रीपूर्ण खेलमा २-१ को गोलान्तरले जित हासिल गरेको नेपाली महिला टोलिले दोस्रो खेलमा बराबरीमा चित्त बुजाएको छ।

पहिलो खेलमा २-१ को जित हासिल गरेको नेपालका लागि सबिता राना र प्रिती राइले १-१ गोल गरेकी थिइन्।

दोस्रो खेलमा डिफेन्सिभ ढंगले मैदान भित्रिएको बंगलादेशी टोलिले राम्रो डिफेन्सिभ प्रदर्शन गर्न सफल भएको थियो।

९० मिनेटको खेलसमाप्त हुदा दुवै टोलि गोलबिहिन हुदा खेल गोलरहित रहदै बराबरीमा टुङ्गिएको हो।

छैठौ मिनेटमा बंगलादेशकि मोस्सामतले सुनौलो अवसर पाए पनि, मौकालाइ सफल पार्न नसक्दा – आफैले फल गर्दै गोल गर्नमा असफल भएकी थिइन्।

१० औ मिनेटमा सरुको उत्कृष्ट प्रहारलाइ बचाउ गर्दै बंगलादेश कि किपरले गोल हुनबाट रोकेकी थिइन्। पहिलो हाफमा दुवै तर्फबाट उत्तिकै प्रहारहरु भएका थिए। बंगलादेशकि किपर चक्माको अत्यान्ति नियन्त्रित प्रदर्शन रहन पुगेको थियो।

बंगलादेशी कप्तान सबिना खातुंगको आक्रामक फ्रीकिकलाइ नियन्त्रणमा ल्याउदै, गोलरक्षक अञ्जना रानामगरले गोल हुन बाट बचाएइ थिइन्।

Image Credits: ANFA

दोस्रो मैत्रीपूर्ण खेलमा मौका पाएका रश्मि कुमारी घिसिङ्ग, अनिता बस्नेत र अन्जना रानामगर सबैको प्रदर्शन तारिफ योग्य नै रहन पुग्यो।

छोटो अन्तरालमा प्रहारहरु गर्दै आएको नेपालले गोलमा सफलता भने पाउन सकेनन। ९० मिनेट पछि थपिएको ३ मिनेटको अतिरिक्त समयमा घाइते भएकी बंगलादेशकि चक्माका कारण खेललाइ रेफ्रीले चौथौ मिनेट सम्मपनि चलाउन दिए।

अब उज्बेकिस्तानमा हुन गैरहेको एएफसी कप २०२२ छनोटमा नेपालले प्रतिस्पर्धा गर्ने छ र सो प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सके भारतमा हुने महिला एसिया कप २०२२ खेल्न पाउने छ। नेपालले उक्त छनोट अन्तर्गत १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हंगकंगसंग प्रतिस्पर्धा गर्ने छ।

गीता राना खेलको उत्कृष्ट खेलाडि घोषित भएकी थिइन् र उनलाई नेपाली रु २५००० को चेक प्रदान गरिएको थियो।

Leave a Reply

Next Post

आज नेपाल र अमेरिका भिड्दै, कसरी हेर्ने लाइभ - सबै जानकारी !!

Mon Sep 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल र अमेरिकाले विश्व क्रिकेट लिग २ अन्तर्गत आज एकअर्काको सामना गर्दै छन्। पीएनजी संग अभ्यास खेलहरु खेलेका दुवै टोलि निकैनै बलिया देखिएका छन्। अन्तिम पटक दुइ को भेट हुदा, नेपाल पूर्ण रुपमा हाबी भएको थियो। दिउसो/राति गरेर खेलिने उक्त खेल नेपाली समय दिउसो ४:१० बजे […]
%d bloggers like this: