हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पपुवा न्युगिनी विरुद्धको दोस्रो एकदिवसीय खेलमा युवा खेलाडी रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
८० बल खेल्दै पौडेलले एक चौका र दुई छक्काको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन्।
खराब सुरुवात गरेको नेपाली ब्याटिङकाे पारी सम्हाल्दै रोहित पौडेलले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ८९ रनको साझेदारी गरेका थिए।
नेपालले आफ्ना ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई पुनः सस्तैमा गुमाउन पुगेको थियो।
टोलिले ८ रन पूरा गर्दा सम्म नेपालले आफ्ना दुबै ओपनरको विकेट खेर फ्याकेको थियो।
कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ४५ रनमा आउट भए।
पहिलो एकदिवसीय खेलमा पनि धरासायी बनेको नेपाली ब्याटिङ लाई सम्हाल्दै युवा खेलाडी पौडेलले ४१ रनको विजयी पारी खेलेका थिए।