नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण खेल खेल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालले दक्षिण एसियाली राष्ट्र अफगानिस्तान विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। 

आउँदो एसियन कप छनौटलाई मध्यनजर गर्दै अखिल नेपाल राष्ट्रिय फुटबल संघले तयारी स्वरुप अफगानिस्तानविरुद्ध खेलको आयोजना गरेको हो। 

आइतबार विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघले आफ्नो वेबसाइटमार्फत अफगानिस्तानसँग खेल हुन लागेको जानकारी दिएको छ।

दुवै मैत्रीपूर्ण खेल आउँदो मे २५ र २९ मा कतारको दोहामा हुने जनाइएको छ। 

एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोलीले घरेलु तयारी सुरु गरिसकेको छ। 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको नेतृत्वमा नेपालले अन्तिम २५ खेलाडीको सूची सार्वजनिक गर्दै दशरथ रंगशालामा नियमित प्रशिक्षण गरिरहेको छ। 

एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूहमा परेको छ।

नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । छनोटका सबै खेल कुवेत सिटीमा हुनेछ।

समूहको शीर्ष दुईमा स्थान बनाउन सकेमा चीनमा हुने सन् २०२३ को एसियन कपमा नेपालले सहभागिता जनाउने छ।

दक्षिण एसियाको प्रतिद्वन्दी अफगानिस्तान विरुद्ध नेपालको समग्र रेकर्ड भने राम्रो रहेको छ।

अफगानिस्तान विरुद्ध कुल ६ खेल खेलेको नेपालले तिनमा जित, २ बराबरी र एक हार बेहोरेको छ। 

नेपालले अफगानिस्तान विरुद्ध पछिल्लोपटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा हार व्यहोरेको थियो। 

सन् २०१० को दशक यता राम्रो छलाङ मारेको अफगानिस्तानले यसअवधिमा दक्षिण एसियाको नम्बर १ टोली बन्न पुगेको थियो भने भारतलाई हराउँदै साफ च्याम्पियनसीपको उपाधि पनि जितिसकेको छ। 

हाल फिफा वरियतामा अफगानिस्तानको राष्ट्रिय टोली १५०औ स्थानमा छ भने नेपाल १६६ औं स्थानमा रहेको छ। 

छनौट चरणका लागि अन्तिम २५ खेलाडीको सूची भने यसप्रकार रहेको छ :

किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक)

अनन्त तामाङ, एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी,तेज तामाङ, विशाल राई

गौतम श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुरज ज्यू ठकुरी

विमल घर्तीमगर,मनिष डाँगी, नवयुग श्रेष्ठ,सुनिल बल, अन्जन विष्ट,आयुष घलान

 

Leave a Reply

Next Post

राजस्थान रोयल्स र कोलकाता नाइट राईडर्स भिड्दै

Mon Apr 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत आज बेलुकी हुने एकमात्र खेलमा राजस्थान रोयल्स र कोलकत्ता भिड्दै छन्।  मुम्बईमा हुने खेलमा दुई पटकको विजेता कलकत्ताले एक पटकको च्याम्पियन राजस्थानलाई ब्राबोर्न मैदानमा आतिथ्यता गर्नेछ।  प्ले अफ खेलका लागि शीर्ष ४ को दौडमा रहेका दुबै टोलीको हाल समान अङ्क रहेको छ। राजस्थानले […]
%d bloggers like this: