हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र जिम्बाबे ‘ए’ बिच आउँदो शनिबार देखि हुने अभ्यास सत्रको लागि नेपाल क्रिकेट संघले टिकट मूल्य निर्धारण गरेको छ।
नेपाल क्रिकेट संघले बिहिबार टिकटको बारेमा जानकारी गराउदै अभ्यास खेलका लागि रु १५० राखिएको जानकारी दिएको हो।
किर्तिपुर स्थित त्रि.वि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलका लागि प्रसारण तर्फको जिम्मेवारी ओ.एस.आर डिजिटलले पाएको छ।
विश्वकप क्रिकेट लिग २ अन्तर्गतको छनोट खेल अघि नेपालले जिम्बाबे ए विरुद्ध घरेलु मैदानमा अभ्यास सत्रको आयोजना गरेको हो।
नेपालविरुद्धको सिरिजका लागि भने जिम्बाब्वेका लागि केहि राष्ट्रिय टोलि तथा फर्स्ट क्लास क्रिकेट खेलेका खेलाडीहरु रहेका छन्।
शृंखला अन्तर्गत एक दिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ। यस्तै टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ।
यस खेलले अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि मान्यता नपाउने नेपाल क्रिकेट संघले जनाइसकेको छ।
नेपालले आगामी तीन महिनामा संयुक्त राज्य अमेरिका र युरोपेली राष्ट्र स्कटल्याण्डमा विश्वकप क्रिकेट लिगका लागि भ्रमण गर्दैछ।
विश्वकप क्रिकेट लिगमा हाल छैठौं स्थानमा रहेको नेपालले आफ्नो एकदिवसीय मान्यता कायम गर्नका लागि, यस प्रतियोगितामा शीर्ष तीनमा आफ्नो स्थान बनाउन आवश्यक रहेको छ।
जसमा स्कटल्यान्ड दोस्रो स्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिका पाँचौं स्थानमा रहेको छ।
यी दुबै टोलीविरुद्ध नेपालले आगामी महिनामा दुवै टोलीको आ-आफ्नो घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।