नेपाल र भारत बीच आज हुन गैरहेको मैत्रीपूर्ण खेल कसरी हेर्ने?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ|नेपाल र भारत आज साँझ ५:३० मा दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेलका लागि आमने सामने हुँदैछन्।

आसन्न साफ च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि नेपाल र भारत फुटबल संघ दुबैको सहमतिमा यो मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

नेपाल विरुद्ध भारत पहिलेदेखि नै निकै हाली भएतापनि घरेलु मैदानमा घरेलु दर्शक माझ उत्कृष्ट खेल प्रदर्शन गर्न नेपाललाई राम्रो मौका रहेको छ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले प्रेस बिज्ञप्तीमा बोल्दै आफुहरुले प्रतियोगिताको तयारीका लागि उत्कृष्ट रुपले तयारी गरिरहेको हुँदा नेपालले दुबै मैत्रीपूर्ण खेल जित्नु पर्ने भन्ने धारणा व्यक्त गरेका छन्।

विगतमा भारत नेपाल विरुद्ध हावि भएता पनि अबको युग भनेको आत्मविश्वास र गौरव ले भरिएको नयाँ गोर्खाली टिम भएको हुनाले कुनै टिमसँग पनि नडराई आफ्नो खेल प्रस्तुत गर्ने अडान लिए।

साथै नेपालले दुबै खेल जित्न सकेको खण्डमा विश्व वरियतामा सात देखि १० स्थान माथि उक्लने मौका रहेको हुँदा नेपाललाई दुबै खेल जित्न आवश्यक रहेको उनले औल्याएका थिए।

करिब २ महिना अगाडिदेखि बन्द प्रशिक्षणमा रहेको नेपाली टोली शारीरिक रूपमा मात्र नभई मानसिक रुपमा पनि तयारी अवस्थामा रहेको हुँदा नेपालले राम्रो प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरेका छन्।

दशरथ रंगशालामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ भने युट्युबमा ओएसआर स्पोर्ट्समा लाइभ स्ट्रिम हेर्ने सकिने छ।

भारतमा खेल हेर्न चाहनेहरुका लागि भने भारतीय राष्ट्रिय फुटबलको टोलीको फेसबुक पेजले उक्त मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्नेछ।

भारत बिरुद्ध सम्भावित नेपाली टिम यसप्रकार रहेको छ:

किरण कुमार लिम्बु- अनन्त तामांग, सुमन अर्याल, गौतम श्रेष्ठ, दिनेश राजबंशी- पुजन उपरकोटी, सन्तोष तामांग, मनिष डाँगी- सुमन लामा, नवयुग श्रेष्ठ, अन्जन बिस्ट

 

Leave a Reply

Next Post

अन्ततः १० नम्बर जर्सी युवा खेलाडी अन्सु फातिलाई

Thu Sep 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अन्ततः १० नम्बरको जर्सी आफ्ना युवा खेलाडी अन्सु फातिलाई दिएको छ। फाति बार्सिलोनाको आफ्नै एकेडेमी ला मासियाको घरेलु उत्पादन रहेका छन्। सन् २०१२ मा बार्सिलोनाको ला-मासिया संग आबद्ध भएका फातिले सन् २०१९मा आफ्नो सिनियर डेब्यु गरेका थिए। अन्सु  फातिलाई अहिले समयको होनहार युवा प्रतिभाको रुपमा […]
%d bloggers like this: