भारत बिरुद्ध नेपाललाई आफ्नो छबि सुधार्ने मौका

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदै गरेको साफ च्याम्पियसिपलाई मध्यनजर गर्दै नेपाल र भारतले आपसमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।

दशरथ रंगशालामा हुने उक्त दुई खेल सेप्टेम्बर २ र ५ मा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ।

विश्व बरियतामा भारत १०५ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा रहेको छ।

नेपाल र भारत यसअघि १९ पटक एक आपसमा भिडेका छन्। भारतले नेपालविरुद्ध १३ खेलमा जित निकालेको छ भने दुई खेलमा हार बेहोरेको छ।

नेपालले घरेलु मैदानमा भारत बिरुद्ध अन्तिमपटक २०१५ मा दशरथ रंगशालामा भिडेको थियो। सन २०१८ को बिश्वकप क्वालिफायर का लागि भएको उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

नेपालले अन्तिम पटक भारतलाई सन् २०१३ को साफ च्याम्पियनसिपमा २-१ गोल अन्तरले पराजित गरेको थियो। तर त्यसपछि भएको पाँच खेलमा भारतले ४ जित निकालेको छ भने एक खेल बराबर रहेको छ।

सन् २०१३ मा भारतमा भएको मैत्रीपूर्ण फुटबल खेलमा इण्डियाले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि सन् २०१८ को विश्वकपका लागि भएको क्वालिफायर खेलमा भारतको घरेलु मैदानमा नेपालले पुनः एकपटक २-० कै हार बेहोेको थियो।

त्यसपछि विश्वकप क्वालिफायर अन्तर्गतकै दोस्रो लेगमा नेपाल र भारत दशरथ रंगशालामा भिडेका थिए सो खेल गोलरहित बराबरीमा टुङ्गिन पुगेको थियो। सोही वर्ष डिसेम्बरमा भएको साफ च्याम्पियसिप मा भारतले नेपाललाई ४-१ गोलले पराजित गरेको थियो भने २०१७ मा भएको अर्को मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित हुन पुगेको थियो।

 

विगतमा नेपालविरुद्ध हाबी भएको भारत यसपालि पनि सोहि लक्ष्यकासाथ काठमाडौंमा उत्रिने लगभग निश्चित जस्तै छ। तर परम्परागत रक्षात्मक शैलीलाई बदल्दै नेपालका अहिलेका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली फुटबल टोलीलाई निरन्तररुपमा आक्रमण खेल खेलिईरहेका छन्।

त्यसो हुदाँ भारत नेपालले अहिले देखाउने आक्रामक शैलीको खेलको पनि समीक्षा गरेर आउने छ। विश्व वरियतामा आफु भन्दा निकै माथिका जोर्डन र अस्ट्रेलिया संग हार बेहोरेता पनि प्रदर्शन भने बेजोड रहेको थियो। भारतले नेपाल बिरुद्द पुरानै दबाब भने यसपाली बनाउन सक्ने भने छैन।

केही महिना अगाडी सम्पन्न विश्वकप क्वालिफायरमा नेपालले गरेको प्रदर्शनले एउटा सकारात्मक आस भने देखाएको छ। विश्वकप क्वालिफायर अघि भएको मैत्रीपूर्ण खेलमा इराक विरुद्ध गरेको प्रदर्शनले अबका केही वर्षमा नेपालको पुरानो छवि फर्किने हो कि भन्ने एकखालको ऊर्जा जनमानसमा देखिन थालिएको छ।

घरेलु फुटबलमा करोडौं लगानी गरिरहेको भारतको लागि भने एकपछि अर्को निरन्तर असफलता हात परिरहेको छ। यसपटक पनि भारत विश्वकप क्वालिफायरको अर्को चरणमा पुग्न असफल भएको छ। तर समूह चरणमा तेस्रो स्थान हात पार्दै एसियन कप क्वालिफायरको तेस्रो राउण्डमा भने पुग्न सफल भएको छ।

भारत बिरुद्द आफ्नो छबि सुधार्ने नेपाललाई यो एकदम सुनौलो मौका रहेको छ। घरेलु मैदानमा पछिल्लो केहि समय देखि देखाउदै आएको आक्रामक शैलीले भारत अवश्य पनि झस्किने पक्का छ।

Leave a Reply

Next Post

नेमारको भन्दा कम तलबमा मेस्सी पिएसजीमा अनुबन्धित हुँदै

Tue Aug 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च क्लब पिएसजिले स्टार खेलाडी लियोनल मेस्सीलाई आफ्नो क्लबमा अनुबन्धन गरेको छ। मेस्सी र पीएसजी बिच दुई वर्षको सम्झौता भएको छ जसमा मेसीले वार्षिक ३५ मिलियन डलर तलबका रूपमा बुझ्ने छन्। नेमारले भने  पीएसजी सँग बार्षिक तलब ३६.८ मिलियन लिने गरेका छन् । मेस्सीलाई २०२४ सम्म […]
%d bloggers like this: