नेपाल र मौरिसियस बीच दुई मैत्रीपूर्ण खेल हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरि जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेकै दिन अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेलको टुंगो लगाएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी जनवरी २९ र  फेब्रुअरी १ मा अफ्रिकन रास्ट्र मौरिसियस विरुद्ध घरेलु मैदानमा दुइवटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

राष्ट्रिय फुटबल टोलीको आगामी एएफसि प्रतियोगितालाई मध्यनजर गर्दै फिफाको क्यालेन्डर डेट मा मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको हो।

नेपाल संगको सम्झौता नवीकरण गर्दा राष्ट्रिय फुटबल टोलीको वरियता सुधारलाई प्रमुख योजनामा राखेका प्रशिक्षक अब्दुल्लाको नेतृत्वमा नेपालले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

मौरिसस फिफा वरीयतामा १७२औं स्थानमा रहेको छ। नेपाल १६९औं स्थानमा रहेको छ।

नेपालले गत सेप्टेम्वर २ र ५ मा भारतसँग दशरथ रंगशालमा दुई मैत्रीपुर्ण खेल खेलेको थियो। पहिलो खेलमा बराबरी खेलेको नेपालले दोस्रो खेलमा पराजय बेहोरेको थियो । त्यसपछि नेपालले माल्दिभ्समा साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो।

साफ च्याम्पियनसिप पछि प्रशिक्षक अब्दुल्लाले पहिलो पटक घरेलु मैदानमा राष्ट्रिय टोलीको डग आउट सम्हाल्ने छन्।

Leave a Reply

Next Post

लिभरपुलले हारको परिपूर्ति गर्न सक्ला? कस्तो छ लिगको अवस्था?

Wed Dec 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अन्तर्गत बुधबार बेलुकी किंग पावर स्टेडियममा हार बेहोरे सँगै लिभरपुललाई लिग अभियानमा गम्भीर धक्का लागेको छ। अघिल्लो खेलमा म्यानचेष्टर सिटीको हातबाट तितो पराजय भोगेको लेस्टर सिटीले, घरेलु मैदानमा लिभरपुललाई पराजित गर्दै आफ्ना समर्थकलाई भने सान्त्वना दिन सफल भएको छ। म्यानचेष्टर सिटी संग लिगमा […]
%d bloggers like this: