नेपाल संगैको स्कटल्याण्डको विश्वकपमा ऐतिहासिक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा बङ्गलादेशलाई पराजित गर्दै स्कटल्याण्डले इतिहास रचेको छ।

ओमान स्थित अल अमिरत खेल मैदानमा भएको खेलमा बङ्गलादेशलाई ६ रनले पराजित गर्दै स्कटल्याण्डले आफ्नो विश्वकप इतिहासमै सबैभन्दा ठूलो जित हात पारेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरको खेलमा स्कटल्याण्डलाई १४० रनमा रोक्न सफल भएको थियो ।

एक समय ५३ रन बनाउँदा ६ विकेट गुमाइसकेको स्कटल्याण्डको पारीलाई क्रिस ग्रिभ्स र मार्क वाटले उकासेका थिए।

स्कटल्यान्डका लागि सर्वाधिक ४५ रन बनाएका क्रिस ग्रिभ्सले ४ चौका र २ छक्का प्रहार गरे भने उनलाई साथ् दिदै मार्क वाटले १७ बलमा २२ रन बनाए।

बङ्गलादेशका लागि उसका स्टार स्पिनर मेहदी हसनले ४ ओभरमा १९ रङ दिदै ३ विकेटको स्तरीय स्पेल फ्यालेको थिए। त्यसैगरि शकिब अल हसन र मुस्ताफिजुर रहमानले समान दुइ दुइ विकेट लिए भने तस्किन अहमद र सैफुदीनले एक एक विकेट आफ्नो नाममा गरे।

१४१ रनको मध्यम लक्ष्य पाएर मैदानमा उत्रिएको बङ्गलादेशका लागि सुरुवात राम्रो हुन सकेन। आफ्ना ओपनरद्वय लिटन दास र सौम्य सरकारलाई १८ रनको स्कोरमा गुमाएको बङ्गलादेशको पारि शाकिब अल हसन र मुस्फिकर रहिमले सम्हालेका थिए। तर एघारौं र १३औं ओभरमा दुवै खेलाडी गुमाएपछि बङ्गलादेशको पारी धर्मराउन थालेको थियो। पाँचौं विकेटका लागि महम्दुल्ला र आसिफ होसेनले ३२ रनको साझेदारी गरेपनि टोलिलाई जित दिलाउन सकेनन्।

बङ्गलादेशका लागि मुस्फिकर रहिमले  सर्वाधिक ३८ रन बनाए भने शकिब अल हसनले २० रन बनाए। कप्तान महमदुल्ला व्यक्तिगत २३ रन बनाउँदा पेभिलियन फर्किए भने अफिफ होसेनले १८ रन जोडे।

बंगलादेशले निर्धारित विश्वभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर १३४ रन मात्र जोड्न सकेको थियो।

स्कटल्याण्डको जितमा ब्राड विलले ४ ओभरमा २४ रन खर्चिदै ३ विकेट लिए भने क्रिस ग्रिभ्सले २ तथा मार्क वाट र जोश डेभिले एक एक विकेट आफ्नो नाममा गरे।

४५ रन बनाउँदै २ बिकेट लिएका क्रिस गिभ्स खेलको म्यान अफ द म्याच घोषित भए।

 

Leave a Reply

Next Post

नेपाली राष्ट्रिय फुटबल टोलि स्वदेश फिर्ता

Mon Oct 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्किएको छ। माल्दिभ्समा सपन्न भएको साफ च्याम्पियनसिप प्रतियोगिता सकिए लगत्तै नेपाली राष्ट्रिय टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला राखेका थिए। प्रतियोगिताको १३औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको नेपाली टोली भारत संग पराजित […]
%d bloggers like this: