हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल सुपर लिग अन्तर्गतको पहिलो खेलमा काठामनडौ रेजर्सद्वारा ललितपुर सिटि फुटबल क्लब पराजित !
६६ औ मिनेटमा मेसौकी ओलौमोउले काठमाण्डौका लागि गोल गर्दै १-० को महत्वपुर्ण अग्रता दिलाएका थिए। दशरथ रंगशालामा भएको खेलमा दुवै टोलि : काठ्माण्डौ रेजर्स र ललितपुर सिटी फुटबल क्लबले बराबरी मौका पाएपनि, एक बाहेक अरु धेरै मौकालाइ गोलमा परिणत गर्न नसक्दा खेल १-० मा टूङ्गिन पुगेको हो।
काठमाण्डौ रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले खेलको अन्तिम केहि मिनेटमा निकै आकर्षक र महत्वपुर्ण बचाउ हरु गरेका थिए। अन्जन बिष्टको लगातार प्रयासलाइ उनले गोलमा परिणत हुन दिएनन। ललितपुर सिटी फुटबल क्लबको कप्तानी भने अन्जन बिष्टले गर्नेछन।
नेपालको सबैभन्दा ठुलो र पहिलो फ्रेंचैसे लिग “नेपाल सुपर लिग”को यस पहिलो सिजनमा ७ टोलिहरुको सहभागिता रहने छ।