नेपाल सुपर लिग: अन्जन बिष्ट झापा एफसिमा अनुबन्धित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा पहिलोपटक जनाउन लागेको झापा एफसिले नेपाली स्टार खेलाडी अन्जन बिष्टलाई अनुबन्ध गरेको छ।

चैत २६ देखि जेठ ७ गतेसम्म चल्ने नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितामा यस सिजन १० टोलीले सहभागिता जनाउने छन्।

नवप्रवेशी झापा एफसीका तर्फबाट सुजन गौतम र खेलाडी अन्जन बिष्टले हस्ताक्षर गर्दै पत्रकार सम्मेलनमा आधिकारिक रुपमा अन्जनलाई झापाका मार्की खेलाडीका रुपमा प्रस्तुत गरिएको थियो।

झापाले अन्जनलाई मार्की खेलाडी मध्ये अहिलेसम्मकै सर्वाधिक रकममा अनुबन्ध गरिएको जनाएको छ।

‘क्लबका लागि सक्ने योगदान दिनेछु । बलियो टोली बनाउने छौँ । क्लबको सोचाइबाट प्रभावित छु । क्लब सकारात्मक रहेको पाएको छु । यहाँ  विशेष वातावरण हुन्छ जस्तो लागेको छ।”

“अब एकसाथ मिलेर बलियो टोली निर्माण गर्नेछौं । मैले आफूले सकेको योगदान यहाँ दिनेछु।” हस्ताक्षर गरेपछि मिडियामा बोल्दै अन्जनले बताए।

क्लबका महासचिव गौतमले नेपाली फुटबलका उत्कृष्ट खेलाडी रहेकाले अन्जनलाई अनुबन्ध गरिएको बताए।

‘झापाको क्लब भएकाले झापाका खेलाडी अनुबन्ध गर्ने सोचमा थियौं । तर, अन्जन नेपाली फुटबलका स्टार हुन् । हाम्रो लक्ष्य नेपाली फुटबल विकास गर्ने हो । उनलाई अनुबन्ध गर्न पाउँदा निकै खुसी छौं,’ उनले बताए।

साथै अब अक्सनमा घरेलु टोलीका लागि गृह जिल्ला झापाकै खेलाडीहरु प्राथमिकतामा राख्ने महासचिब गौतमले बतए।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ सम्म हुने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बताएको छ।

आयोजकले पछिल्लो संस्करणको ७ टोली संगै अन्य ३ टोलीका साथ कुल १० टोलीले दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने बताएको छ।

साथै यसपटक पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने भएको छ।

 

Leave a Reply

Next Post

विश्वकप लिग २ का लागि प्रारम्भिक टोलीको घोषणा

Sun Feb 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो मार्चमा हुने विश्वकप लिग डिभिजन २ का लागि नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि प्रारम्भिक २० खेलाडी छनौट गरेको छ। सन्दिप लामिछानेको कप्तानीमा २० सदसिय टोलीले यसै साताबाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागिता जनाउने छन। विश्वकप लिग अन्तर्गत नेपालले आफ्नो तेस्रो त्रिकोणात्मक सिरिजमा युएई र […]
%d bloggers like this: