नेपाल सुपर लिग: बिक्रम लामा र नवयुग श्रेष्ठ अनसोल्ड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ए डिभीजन लिगका चर्चित खेलाडीद्वय नवयुग श्रेष्ठ र बिक्रम लामा यसपटकको एनएसएल अक्सनमा अनसोल्ड भएका छन्।

सर्बाधिक सफल क्लब मध्ये रहेको थ्री स्टारका कप्तान बिक्रम लामा केहि समय यता फिटनेसको समस्याका कारण संघर्षरत हुँदा सुपर लिगका कुनै पनि टोलीले उनलाई किन्ने इच्छा देखाएनन।

त्यसैगरि नेपाल आर्मीका चर्चित फरवार्ड नवयुग श्रेष्ठलाई पनि कुनै फ्रेन्चाईज टोलीले अनुबन्ध गर्ने इच्छा देखाएनन्। नवयुग श्रेष्ठ पनि खुट्टाको शल्यक्रिया पश्चात अहिले रिकभरी गरिरहेका छन्।

चोटकै नवयुगले यस सिजनको ए डिभिजन लिग पनि गुमाएका थिए। बिक्रम लामा र नवयुग दुवै ए वर्गका खेलाडी रहेका छन् भने दुबै खेलाडीलाई भित्र्याउन कुनै पनि टोलीले न्युनतम  १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने थियो।

राष्ट्रिय टोली मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ। विराटनगरले उनलाई १ लाख ५० हजारमा किनेको हो।

मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरबाटै खेलेका थिए।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ए बि र सि गरेर ३ बर्गिकरणमा कुल २ सय ४२ खेलाडी समावेश छन्।

यसपटक खेलाडी ब्यबस्थापनमा बिबादित बनेको एनएसएलको अक्सन एन्फाले बिहिबार रोक्न भनेपनि आयोजक कमिटिले हेरफेर गर्न नसकिने अडान लिएको थियो।

आफुसंग ए डिभिजनमा अनुबन्धमा रहेका खेलाडीलाई स्वीकृति नलिई सुपर लिगको अक्सनमा संगै मार्की खेलाडीका रुपमा सहभागी गराएपछि ए डिभिजन लिगका टोलीले असन्तुष्टि ब्यक्त गरेका थिए।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

Leave a Reply

Next Post

विश्वकप लिग २ : राष्ट्रिय क्रिकेट टोलि श्रीलंका प्रस्थान

Fri Mar 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युएईमा आयोजना हुन लागेको बिश्वकप क्रिकेट लिगमा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार बिदाई गरिएको छ। बिश्वकप लिग अन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोलि युएई जादैछ तर त्यो भन्दा अघि श्रीलंकामा नेपाली टोलिले अभ्यास खेल खेल्ने तालिका रहेको छ। सोहि तालिका अन्तर्गत आज राष्ट्रिय […]
%d bloggers like this: