नेपाल सुपर लिग विवाद: टाई सिट ड्र रद्द गर्न एन्फाको निर्देशन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघले एक बिज्ञप्ति जारि गर्दै नेपाल सुपर लिगको टाई सिट हाललाई रद्द गर्न शुक्रबार पत्राचार गरेको छ

‘कार्यदलको बैठकको निर्णय अनुसार एनएसएल प्रतियोगिताको बारेमा सहिद स्कारक ए डिभिजन क्लब र एनएसएल आयोजकसँग अझ बढी छलफल गर्न आवश्यक भएकाले आइतबारका लागि गर्ने भनिएको टाइसिट ड्र कार्यक्रम रद्द गर्न हुन जानकारी गराइन्छ,’

एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनएसइएमका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई लेखेको पत्रमा भनिएको छ

यस अघि नेपाल सुपर लिगको अक्सन रोक्नका लागि एन्फाले दिएको निर्देशनलाई पनि नेपाल स्पोर्ट्स एंड म्यानेजमेन्टलाई निर्देशन दिएको थियो तर अक्सन रोकिएन

आफूसँग सम्झौतामा रहेका खेलाडीले, क्लबलाई जानकारी नै नदिई अक्सनमा सहभागी भएपछि, राष्ट्रिय ए डिभिजन लिगका क्लबहरुले अखिल नेपाल फुटबल संघलाई यस विषयमा ध्यानाकर्षण गराएका थिए।

संघलाई जानकारी गराउँदा गराउँदै पनि अक्सन प्रक्रियामा कुनै पनि असर नदेखिएपछि, गत साता राष्ट्रिय फुटबल लिगका ४ क्लवले पत्रकार सम्मेलन गर्दै एन्फाको गैरजीम्मेवारपन लाई ठाडो चुनौती दिएका थिए।

नेपाली फुटवलमा हुने सम्पूर्ण गतिविधि सञ्चालन गर्ने गरेको एन्फालेनै ध्यानाकर्षण गराउँदा गराउँदै पनि लिलामी प्रक्रियामा सहयोग नगरेपछि क्लवहरु विरोधमा उत्रिएका थिए।

यसै फागुन १९ मा बसेको एन्फाको बैठकले प्रारम्भिक चरणमा हुने नेपाल सुपर लिगको खेलाडी लिलामी प्रक्रियालाई रोक्न निर्देशन दिएको थियो। तर निर्देशन दिँदा दिँदै पनि सुपर लिगको अक्सन रोकिएन।

फुटबलको सर्वोच्च निकाय फिफा तथा एसियाली फुटबल महासंघको विधानमा कुनै पनि क्लब/खेलाडीले आफ्नो क्लब/ खेलाडी सँगको सम्झौता रद्द नगरी अन्य कुनैपनि अर्को नयाँ क्लबसंग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने अधिकार दिएको छैन।

तर नेपाल सुपर लिगका क्लबहरुले भने विधानविपरीत राष्ट्रिय फुटबल लिगमा भएका खेलाडीहरुलाई सम्झौता दिएका छन।

यसै विषयमा बोल्दै थ्रीस्टार क्लबका महासचिव संजीव शिल्पकारले एन्फाले आफूहरुलाई पटकपटक धोका दिएको र आफूले गरेको गुनासो नसुनेको आरोप लगाएका थिए।

 

 

Leave a Reply

Next Post

एल क्लासिको अघि बेन्जेमालाई चोटको चिन्ता

Sat Mar 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार करिम बेन्जेमाले बार्सिलोना विरुद्धको खेल गुमाउन सक्ने भएका छन्। चोटका कारण च्याम्पियन्स लिगमा पेरिस विरुद्धको पहिलो लेग गुमाएका बेन्जेमा, आउँदो एल क्लासकोका लागि पनि अनिश्चित भएका छन्। रियल म्याड्रिडले हाल आफ्नो स्ट्राइकरको एस्टाडियो सान्टियागो बर्नाबेउमा हुने खेलमा भाग लिने सम्भावना अधिकांश रुपमा नरहेको विश्वास […]
%d bloggers like this: