नेमारको बार्सिलोना मोह, २०१९ मा फर्किन चाहेका थिए क्याटलान टोलीमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेमारको हालै नेटफ्लिक्समा लन्च गरिएको डकुमेन्ट्रीमा उनी पेरिस सेन्ट-जर्मेन छाड्ने र बार्सिलोना पुनः फर्कने कति नजिक थिए भन्ने बारेमा धेरै अन्तरदृष्टि प्रकट गरेको छ।

क्याटालान सहर र क्लबको ब्राजिलियनहरूको माया कुनै गोप्य छैन।

उनि २०१९ को समर ट्रान्सफरमा फेरी क्याम्प नोउमा फर्कन लागि सबै भन्दा नजिक मानिएको थियो, तर दुई क्लब बीच सहमति हुन नसक्दा उक्त कदम खेर गएको थियो।

सन् २०१६ पछि कीर्तिमानी २२७ मिलियनमा क्लब इतिहासकै महँगो खेलाडी बनेर पिएसजी गएका नेमारलाई अन्त्यमा पेरिसले बाजी जित्दै नेमारलाई क्लबमै राख्न सफल भएको थियो।

वृत्तचित्रमा उनका बुबाको टिप्पणीले नेमार पेरिसमा खुशी नभएको र उक्त समयमा लुइस स्वारेज र लियो मेस्सीसँग लगभग पुनर्मिलन हुनबाट केहि कदमको दुरीमा रहेको खुलाशा गरेका थिए।

बार्सिलोनाले २०१५ मा सनसनी मच्चाउदै दोस्रो ट्रेबल जित्दा मेस्सी,नेमार र स्वारेजको ट्रायोलाई विश्वकै सबभन्दा खतरनाक अग्रपंक्तिका रुपमा लिइन्थ्यो।

“उनी पेरिस छोडेर फेरी बार्सिलोना फर्कन चाहन्थे,” उनका बुबाले खुलासा गरे। “म उसले पेरिस नछोडोस भन्ने चाहन्थे, तर[फेरी]] म कसको लागि काम गर्छु?

“हामीले पीएसजीलाई सौहार्दपूर्ण रूपमा छोड्ने प्रयास गर्यौं तर सफल भएन।”

नेयमार आफैले सम्भावित कदम र पीएसजी छोड्न चाहने आफ्नो तर्कको बारेमा कुरा गरे।

“जब मैले पीएसजी छाड्ने निर्णय गरें, उक्त कदम फ्यान वा क्लबको कारणले थिएन। [उक्त निर्णय लिए] किनभने मैले म अन्यत्र राम्रो महसुस गर्छु भन्ने पाए,” नेयमारले भने।

“मैले पीएसजीका फ्यानहरू र क्लबको विरुद्धमा कहिल्यै केही गरेन, यसको विपरीत म कहिल्यै थिईन र म धेरै आभारी छु।

“मैले जारी राख्न नचाहेको भए पनि, मैले प्रशिक्षण र तयारी गर्नुपर्थ्यो। किनभने यदि मैले नराम्रो खेले भने, सबैले मलाई दोष दिन्थे।”

“हामीले हार व्यहोर्दा, हारको भने म पहिलो व्यक्ति जिम्मेवार हुन्थे।[किनभने]  मलाई बोझ र जिम्मेवारी थाहा छ।”

Leave a Reply

Next Post

जुलियन नेगल्सम्यानले ब्यूताउदैछन् लिरोइ साने

Thu Jan 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| २०२० को समरमा म्यानचेस्टर सिटीबाट बायर्न म्युनिखमा ६० मिलियन युरो (५४ मिलियन पाउण्ड) मा आबद्ध हुँदा लेरोय सानेले अर्जेन रोबेन र फ्रान्क रिबेरीले छोडेको खाली ठाउँ भर्ने आशा थियो। तर उनको पहिलो सिजन निराशाजनक रुपमा बितेको थियो। बायर्न म्युनिखले सिटिको लेरोई साने पाउन सकेन। चोट र […]
%d bloggers like this: