हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०१७ को सिजनमा विश्वकै सर्वाधिक महंगा फुटबल खेलाडी बनेर पिएसजी पुगेका थिए ब्राजिलियन स्टार खेलाडी नेमार।
बार्सिलोनामा मेस्सी र स्वारेजसंगै राम्रो तालमेल बनाएर विश्वकै उत्कृष्ट अग्रपंक्तिको ख्याती कमाएपछि पेरिसले नेमारलाई उक्त समूहबाट टुक्र्याएको थियो।
कतिले मेस्सीको छायाँबाट निस्किएको भनेर प्रशंसा पनि गरे भने कतिले पैसाका लागि आफ्नो करियर बर्बाद पारेको समेत भन्न भ्याए।
एकताका विश्वकै उत्कृष्ट खेलाडी बन्ने लर्कोमा लागेका पनि पेरिसमा पुगेपछि भने जस्तो बार्सिलोनामा देखिन्थे त्यस्तो छैनन।
बार्सिलोनालाई युरोपेली कप जिताए पछि पेरिसलाई पनि जिताउने छु भन्ने अठोट लिएर उनले बार्सिलोना छोडेका थिए।
तर अवस्था उनले सोचेको जस्तो भएन र उनको आगमनसँगै पेरिसमा एक किसिमको असन्तुलन बढेको थियो।
उनी पेरिसमा भित्रिय संगै अर्को सिजन अर्को ठूलो सर्वाधिक राशी खर्चिएर एम्बाप्पे भित्रिए।
पैसाको उन्माद उनीमा देखिए देखिएको थियो। पेरिसका सहकर्मीहरुलाई पनि निकै पैसाको धाक देखाउँथे भन्ने रिपोर्टहरु आएका थिए।
ट्रेनिङमा पनि कहिले समयमा नपुग्ने त कहिले हेलिकप्टरमै समेत आउने जाने उनले गरे।
मतलब पेरिसले त मलाई निकै उच्च आदर दिएर भित्राएको हो भन्ने किसिमको भाव उनीमा प्रष्ट देखिन्थ्यो।
हुनपनि पेरिसले उनलाई सर्बाधिक रकम तिरेरै भित्राएको थियो भने त्यसबखत उनि लिगमै सर्वाधिक कमाई गर्ने खेलाडी रहेका थिए।
एक किसिमको मै हुँ भन्ने भाव उनीमा विकसित भएपछि टोली भित्र खटपट रहेको चर्चाहरु आईरहेका थिए।
सबै ठूला खेलाडीहरु भित्र्याउने कोशिस गरेको टोलीलाई सम्हाल्नु पनि चानचुने कुरा भने थिएन।
यसैबीच दुई सिजन अघि बार्सिलोना फर्कन्छु भन्ने उनको अभिव्यक्तिले पेरिसका समर्थकहरुमा नमिठो भाव उत्पन्न गरायो।
उनि त्यसबखत देखिनै पेरिसमा आँखाको तारो बन्न पुगेका छन्। गत महिना च्याम्पियन्स लिगमा रियल मड्रिड विरुद्ध पराजय भएसँगै त्यसलगत्तै भएको खेलमा मेस्सी र नेईमार लाई आफ्नै समर्थकहरुले गिज्याएका थिए।
अघिल्लो साता ट्रेनिङमा पनि मातेर पुगेको भन्नेको हल्ला पिटिए पश्चात नेमारले लोरियंट बिरुद्ध गोल गर्दै “हो म मातिएको थिए” भन्ने व्यंग्य सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
वर्तमान अवस्था हेर्दा पेरिसका मालिकहरु पनि नेमारको जीवनशैली र पेरिस प्रतिको लगावलाई देखेर अब चाहिँ वाक्क हुन थालेका हुन् कि जस्तो देखिन्छ।
उनको ग्लामरस जीवनशैलीबाट थकित भएका छन्, अन्य धेरै उच्च एथलीटहरू भन्दा फरक छन र मैदानमा, उनीहरूलाई लाग्छ नेमारले अझै पनि खराब प्रदर्शन जारी राखेका छन।
आफ्नै विलासी जीवनस्तरले गर्दा लगातार चोटको शिकार भइरहेका उनि, पेरिसको शर्टमा भनेअनुसारको खुल्न सकिरहेका छैनन्।
२२२ मिलियन युरो खर्चेर भित्रेका नेमारले एकपटक युरोपेली प्रतियोगिताको फाइनलमा पेरिसलाई पुर्याए पनि त्यति महँगो खेलाडीले छोड्नुपर्ने छाप दिन सकेका छैनन्।