नेयमार र इकार्डीको गोलमा पीएसजी बिजयी, गोल गर्नबाट फेरी चुके मेस्सी !

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। गएराती भएको लिग १ अन्तर्गतको खेलमा पीएसजीद्वारा लियन २-१ को गोलान्तरले पराजित भएको छ।

५४ मिनेटमा लियनका पकेटाले गोल गरिसकेपछि, ६६औ मिनेटमा नेयमार र ९०+३ मिनेटमा इकार्डीले गोल गर्दै पेरिस सेन्टले उत्कृष्ट बापसी रचेको हो।

पहिलो हाफ गोल रहित रहेको खेलमा, दोस्रो हाफको सुरुवातमै पाकेटाले गोल गरेपछि पीएसजी दबाबमा आएको थियो।

मेस्सीका लागि घरेलु डेब्यु रहेको उक्त खेलमा उनको मध्यम स्तरको प्रदर्शन रहयो। पेरिस सेन्ट जर्मनसंग अनुबन्धन भएपछि गोल गर्न चुकिरहेका मेस्सीले अझै पनि डेब्यु गोल गर्न बाकी नै छ।

६६ औ मिनेटमा लियनका गुस्टोले नेयमारलाइ फल गर्दै डि बोक्सभित्र लडाएका थिए, जस अनुरुप पेरिस सेन्ट जर्मनलाइ पेनाल्टीको मौका प्रदान गरिएको थियो। उक्त पेनाल्टीलाइ नेयमारले गोलमा परिणत गरेका थिए, र सोस्वरुप खेलमा बराबरीको मोड आएको थियो।

बराबरी रहेको खेलमा, ९०+३ औ मिनेटमा किलियन एम्बाप्पेको पासलाइ गोलमा परिणत गर्दै, इकार्डीले पेरिस सेन्ट जर्मनलाइ जित दिलाएका थिए।

इकार्डीको गोल संगै पीएसजीले आफ्नो जितको लयलाइ निरन्तरता दिएको छ। ६ खेलमा ६ वटै जित हासिल गर्दै पेरिस सेन्ट जर्मनले १८ अंकका साथ् पहिलो स्थान कब्जा गरेको छ।

दुइवटा सुनौलो गोल गर्ने मौका पाएका लियानल मेस्सीका लागि लोपस पहिले र पछि वुड्वर्क बाधा बन्दा, उनि गोलबाट चुक्न पुगेका थिए।

Leave a Reply

Next Post

भिनिसियस र बेन्जेमाको गोलमा, रियल मड्रिडले गर्यो उत्कृष्ट कम्ब्याक !

Mon Sep 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। लालिगा अन्तर्गत गएराती भएको खेलमा भिनिसियस जुनियर र करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै, रियल मड्रिडलाइ भ्यालेन्सिया बिरुद्द बिजयी पारेका थिए। घरेलु टोलि भ्यालिएन्सियका लागि ६६औ मिनेटमा डुरोले गोल गर्दै अग्रता दिलाएका थिए। उक्त अग्रता संगै दबाब सिर्जना गरेको भ्यालेन्सियाले खेलको अन्तिम समयसम्म पनि राम्रो डिफ़ेन्सिब काम […]
%d bloggers like this: