न्युक्यासल विरुद्ध आर्सनलको दमदार प्रदर्शन!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा न्युक्यासल युनाईटेड विरुद्ध आर्सनल विजयी भएको छ।

जारी प्रीमियर लीग सिजनको १३ औं चरणको खेलमा आर्सनलले रेलिगेसन संघर्षरत टोलि न्युक्यासल युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा बुकायो साका र ग्यावृयाल मार्टिनेल्लीले दोस्रो हाफमा गोल गर्दै आर्सनललाई लिगमा सातौं जित दिलाएका थिए।

न्युक्यासल विरुद्ध पहिलो हाफ बराबरी खेलेको घरेलु टोलीले दोस्रो हाफमा खेलमा थप दबाब बनाउँदै दुई गोल गर्न सफल भएको थियो।

दोस्रो हाफको ५६औं मिनेटमा टावरेसको एस्सिस्टमा गोल गर्दै आर्सनलका युवा खेलाडी साकाले घरेलु टोलीलाई १-० को अग्रता दिलाए।

पहिलो गोल गरेको १० मिनेट पछि खेलको ६६औं मिनेटमा अर्का युवा खेलाडी मर्तिनेल्लीले टोमीयासु को पासमा गोल गर्दै आर्सनललाई २-० को सहज स्थितिमा पुर्याएका थिए। खेलमा थप गोल नभएपछि आर्सनलले खेल २-० ले आफ्नो पक्षमा पारेको थियो।

जित सँगै आर्सनल तालिकामा पाचौं स्थानमा उक्लिएको छ।


सिजनको सातौं हार बेहोरेको पाहुना टोली न्युक्यासलले अहिले सम्म जित निकाल्न सकेको छैन। यसै सिजन आफ्ना मालिक संगै प्रशिक्षक पनि परिवर्तन गरेको न्युक्यासल टोलीलाई यसपटक खेलमा बिपक्षी विरुद्ध खेल्न निकै हम्मे हम्मे परेको छ।

६ खेलमा बरावरी र ७ खेलमा हार बेहोरेको न्युक्यासल तालिका को पुछारमा बसेको छ भने रेलिगेसनबाट बच्न निकै सङ्घर्ष गर्नु पर्ने देखिन्छ। न्युक्यासल भन्दा अघि ८ अङ्क बोकेको नरविच छ भने बर्नली ९ अङ्क सहित १८ औं स्थानमा भएको छ।

न्युक्यासलले नतिजा सँगै आर्सनल विरुद्ध ३३ खेल हार्दै, एउटै टोली बिरुद्ध सर्बाधिक हारको रेकर्ड राखेको छ।

Leave a Reply

Next Post

भिल्लारियल विरुद्ध बार्सिलोनाको उत्कृस्ट जित

Sun Nov 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३-१ ले पराजित गरेको छ। लिगमा १४औ चरणको खेलमा छैठौं जित निकाल्ने क्रममा बार्सिलोनाले राम्रो प्रस्तुति दिएको थियो। भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले गोल गरे। पहिलो […]
%d bloggers like this: