न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको सेमीफाइनलमा, भारतको सपना चकनाचुर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजील्याण्ड जारी टीट्वेन्टी विश्वकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य किवी टोलीले १८ दशमलव १ ओभरमा केवल दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो।

न्यूजिल्याण्डको जितमा कप्तान केन विलियमशनले नट आउट ४० रन बनाए भने ओपनर मार्टिन गप्तिलले २३ बलमा २८ रनको योगदान दिए।

अर्का ओपनर डेरील मिचेलले १७ रन बनाउँदा देभोन कोनवेले ३५ रन बनाए।

टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै केवल १२४ रन बनाएको थियो।

अफगानिस्तानका लागि मध्यक्रमका ब्याट्स्म्यान नजीबुला जाद्रन ले सर्वाधिक ७३ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले गतिलो स्कोर बनाउन सकेनन्। दोस्रो सर्वाधिक रन बनाउने क्रममा गुलबादिन नैबले १५ रन जोडे भने कप्तान मोहम्मद नाबीले १४ रन बनाए। त्यसपछिका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा अफगानिस्तान १२४ रनको सामान्य स्कोरमै समेटिन पुगेको थियो।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका बलरहरुले शानदार बलिङ गरेका थिए।

न्युजिल्यान्डका तिव्र गतिका बलर ट्रेन्ट बोल्टले सर्बाधिक विकेट लिने क्रममा ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए भने अर्का पेस बलर टिम साउथिले ४ ओभरमा २४ रन दिँदै २ विकेट लिए।

एडम मिल्न, जिमी निशम र ईश सोधिले समान १-१ विकेट आफ्नो नाममा गर्न सफल भएका थिए।

न्युजिल्याण्डको जित संगै अफगानिस्तान र भारतको विश्वकपको सेमिफाइनल यात्रा समाप्त भएको छ।

समूह बी मा रहेका भारत,अफगानिस्तान,पाकिस्तान, न्यूजील्याण्ड, स्कटल्याण्ड र नामिबियाको समूह बाट पाकिस्तान र न्युजिल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थान हात पार्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

Leave a Reply

Next Post

लिगमा आर्सनलको लगातार तेस्रो जित

Sun Nov 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगमा आर्सनलले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै वाटफर्ड माथि १-० को जित हासिल गरेको छ। सिजनको दुःखद सुरुवात गरेपनि आर्सनलको अहिलेको पुनरागमन भने हेर्न लायकको बनेको छ। लिगमा पछिल्ला ८ खेलमा अपराजित रहेको लन्डन महारथी आर्सनलको आइतबार बेलुकी वाटफर्ड बिरुद्ध लगातार तेस्रो जित रहेको छ। […]
%d bloggers like this: