न्युजिल्यान्ड विरुद्ध दक्षिण अफ्रीकाको फितलो ब्याटिंग

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्यूजील्याण्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकन टोलीले, टेष्ट श्रृङ्खला अन्तर्गतको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकन टोली पहिलो दिनको पचासौं ओभरमा केवल ९५ रनमा समेटिएको थियो।

पाहुना टोली दक्षिण अफ्रिकाका लागि मध्यक्रमका ब्याट्स्म्यान जुबेर हामजाले सर्वाधिक २५ रन बनाउँदा काइल भेरेन्नेले १८ रन जोडेका थिए।

त्यसैगरी सुरुवाती क्रममा ब्याटिङ गर्न आएका कप्तान डिन इलगर १ रनमा पेभेलियन फर्कदा सरेल एरवीले १० रन बनाए।

दक्षिण अफ्रिकाका ७ खेलाडी १ अंकको स्कोरमा समेटिन पुगेका थिए।

पाहुना टोली दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका तिव्र गतिका बलर म्याट हेनरीले शानदार बलिङ गरेका थिए।

१५ ओभर बलिङ गरेका हेनरीले ७ मेडन सहित केवल २३ रन खर्चिएर ७ विकेट चटकाएका थिए।

त्यसैगरी टीम सौथि, कायल जेमिसन र निल वाग्नरले समान १-१ विकेट लिँदा पहिलो इनिङमा दक्षिण अफ्रिकी टोली ४९.२ ओभरमै समेटिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको किवी टोलीले पहिलो दिनको खेल समाप्ति हुँदा सम्म, ३ विकेट गुमाउँदा ११६ रन जोडेको छ भने पहिलो इनिङमा २१ रनको अग्रता बनाएको छ।

घरेलु टोलीका लागि कप्तान टोम ल्याथमले १५ रन बनाए भने विल योङ्गले ८ तथा डेभोन कोनवेले ३६ रन बनाए।

हेनरी निकोल्स ३७ रनमा तथा निल वाग्नर २ रनमा नट आउट रहेका छन्।

दक्षिण अफ्रिकाका लागि डुवान ओलिभरले २ विकेट लिए भने मारको जेन्सेनले एक विकेट लिएका छन्।

Leave a Reply

Next Post

विशेष अदालतद्वारा हरि खड्का दोषी ठहर

Thu Feb 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गरेको हो । दोषी ठहरसँगै अदालतले उनलाई ५ हजार जरिवाना सुनाएको छ । […]
%d bloggers like this: