न्युजिल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाको राम्रो सुरुवात

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकन टोलीले दोस्रो टेस्टको पहिलो दिन राम्रो सुरुवात गरेको छ।

न्युजिल्यान्ड स्थित क्राइस्टचर्चमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको दक्षिण अफ्रिकन टोलीले पहिलो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २३८ रन जोडेको छ।

अफ्रिकन टोलीका लागि माथिल्लो क्रमका ब्याट्सम्यान सरेल एर्वीले शतकिय पारी खेल्दै टोलीलाई पहिलो दिन समाप्तिमा बलियो स्थितिमा पुर्याए।

२२१ बलको सामना गरेका एर्बिले १४ चौकाको मद्दतले १०८ रन जोडेका थिए।

ओपनर तथा कप्तान डीन एलगरले ४१ रन बनाउदा टिम साउथीको शिकार हुन पुगेका थिए।

अर्का माथिल्लोक्रमका ब्याट्सम्यान एईडन मार्करमले ४२ रनको योगदान दिएका थिए।

पहिलो विकेटका लागि सरेल एर्वी र डीन एलगरले शतकीय साझेदारी गर्दै पाहुना टोलीलाई राम्रो सुरुवात दिलाएका थिए।

त्यसपश्चात दोस्रो विकेटका लागी एईडन मार्करम र सरेल एर्वीले ८८ रनको अर्को राम्रो साझेदारी गरेपछि पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रीकाले आफ्नो उपस्थिति बलियो बनाएको हो।

दिनको समाप्ति सम्म टेम्बा बभुमा र भान डेर हुसेन अविजित २२ र १३ रनमा खेलिरहेका छन्।

घरेलु टोलि न्युजिल्यान्डका लागि टिम साउथीले २१ ओभर बलिंग गर्दै ८ मेडन सहित ४१ रन दिएर १ विकेट लिएका छन भने म्याट हेनरीले २२ ओभरमा ६५ रन दिदै १ र निल वाग्नरले १९ ओभरमा ७ मेडन राख्दै ५० रन दिएर एक विकेट लिन सफल भएका छन्। 

 टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्ट खेलमा गह्रेलु टोलि न्युजिल्यान्डले दक्षिण अफ्रीकालाई एक इनिंग र २७६ रनको भारि अन्तरले पराजित गरेको थियो।

 

Leave a Reply

Next Post

यस बर्षको च्याम्पियन्स लिग फाईनल फ्रान्समा हुने

Fri Feb 25 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली फुटबल संघले सेन्ट पिटर्सबर्गमा खेलिने च्याम्पियन्स लिग फाइनल आयोजना गर्ने अधिकार खोसेपछि यस सिजनको च्याम्पियन्स लिगको फाइनल पेरिसमा हुने भएको छ। युरोपेली फुटबलको प्रशासकीय निकायले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गरेको र स्थितिबारे छलफल गर्न कार्यकारी समितिको आपतकालीन बैठक बोलाएपछि यो निर्णय आएको हो। यो […]
%d bloggers like this: