पन्जाब विरुद्ध दिल्लीको विशाल जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत पन्जाब विरुद्ध ९ विकेटको विशाल जित दर्ता गर्दै दिल्लीले जारी सिजनमा तेस्रो जित हात पारेको छ। 

विशाल जित दर्ता गर्ने क्रममा पन्जाबीले दिएको लक्ष्यलाई १० दशमलव ३ ओभरमा पुरा गर्दै रनरेटमा राम्रो सुधार गरेको छ। 

मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पन्जाबले खेलमा स्तरीय ब्याटिंग देखाउन सकेन। 

पञ्जाबका लागि उसका मध्यक्रमका ब्याट्सम्यान जितेस शर्माले सर्वाधिक ३२ रन बनाए भने कप्तान मयंक अग्रवाल ले २४ रनको योगदान दिए।

अर्का मध्यक्रमका ब्याट्स्म्यान शाहरुख खान र पुछारका ब्याट्सम्यान राहुल चाहरले समान १२ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। 

पन्जाबलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका स्पिनर बलरद्वय कुलदिप यादब र अक्षर पटेलले शानदार बलिङ गरेका थिए।

अक्षर पटेलले ४ ओवरमा केवल १० रन दिँदै २ विकेट आफ्नो नाममा गरे भने कुलदीप यादवले ४ ओभरमा २४ रन दिदै समान दुई विकेट लिए।

त्यसैगरि खलिल अहमद र ललित यादबले पनि आपसमा २-२ विकेट बाँड्दा मुस्ताफिजुर रहमानले एक विकेट लिए।

जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

दिल्लीको जितमा डेविड वार्नर ३० बलमा १० चौका र १ छक्कासहित ६० रनमा अविजित रहे।

पृथ्बी श ले विस्फोटक ब्याटिंग गर्दै २० बलमा ७ चौका र १ छक्कासहित ४१ रनमा आउट भए । शरफराज खान १२ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि वार्नर र शाले मात्र ६.३ ओभरमा ८३ रनको विष्फोटक सुरुवात दिलाउँदै तेस्रो जित पक्का गरेका थिए ।

दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ।

 

 

Leave a Reply

Next Post

रियल मड्रिड किर्तिमानी ३५औँ लालिगा उपाधि नजिक

Thu Apr 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओससुना विरुद्ध ३-१ को सहज जित निकाल्दै रियल मड्रिडले जारि सिजनमा शिर्ष स्थानमा पकड बलियो बनएको छ। जितसँगै रियल मड्रिडले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड विरुद्ध १७ अंकको अग्रता बनाएको छ।  बार्सिलोना तेस्रो स्थानमा छ भने सेभिल्ला समान ६० अंक बटुल्दै चौथो स्थानमा रहेको छ। लिगको ३३औं […]
%d bloggers like this: