हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पहिलो एकदिवसीयमा इंग्ल्याण्डद्वारा श्रीलंका पराजित !!!
टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ। १८६ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले सहज रुपमा लक्ष्य पुरा गर्दै ५ विकेटको जित निकालेको हो।

जो रुटको महत्वपूर्ण पारीको मद्दतले ८५-४ को स्थितिमा रहेको इंग्ल्याण्डले लक्ष्य पुरा गरेको हो। जो रुटले अविजित ७९ रन बनाउदा उनलाई सहायता दिने क्रममा मोईन अलिले २८ रन जोडे। इंग्ल्याण्डका लागि ओपनिङ्ग ब्याट्सम्यान बेयर्स्टोले ४३ रनको आक्रामक पारी खेल्दै श्रीलंकाका बलरलाइ सुरु बाटै दबाबमा राखेका थिए । उनले २१ बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतले ४३ रन जोडेका हुन्।



पहिला ब्याटिंग गरेको श्रीलंकाले भने, राम्रो सुरुवात गर्न नसक्दा राम्रो योगफल खडा गर्न सकेन। कप्तान तथा ओपनर कुशल परेराको ७३ रनको महत्वपूर्ण पारीले श्रीलंकालाइ राम्रो योगफल तर्फ लग्ने प्रयासलाइ कुनै अरु ब्याट्सम्यानले सपोर्ट गर्न सकेनन। ८ ओभरमै तिन विकेट गुमाएको श्रीलंकाका लागि परेरा र हसरंगाले ९९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। सो क्रममा हसरंगाले ६५ बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतले ५४ रन बनाएका थिए। अरु कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा श्रीलंका १८५ रनमा समेटिन पुगेको हो।



इंग्ल्याण्डका लागि क्रिस वोक्सले चार विकेट लिए भने विलिले ३ र मोइन अलिले एक विकेट चट्काए भने श्रीलंकाका दुइ ब्याट्सम्यान रन आउट हुन पुगेका थिए।