पहिलो एकदिवसीयमा श्रीलंका बिरुद्द भारतको सहज जित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको घरेलु टोलि श्रीलंकाले पहिलो खेलमा पराजय भोगेको छ। राम्रो सुरुवात गरेको लंकाले मध्यम क्रममा छोटो अन्तरमै विकेट गुमाएको कारणले बिशाल योगफल बनाउन सकेन।

श्रीलंकाका लागि सबै महत्वपूर्ण ब्याट्सम्यानहरुले राम्रो सुरुवात त गरे तर सोहि प्रक्रियाबाट आफ्नो पारि बढाउन सकेनन। शनाकाले ३९, असलंकाले ३८, अभिसका फर्नान्डोले ३३ र करुनारत्नेले ४३ रन जोड्दा, भारत सामु उसले २६३ रनको बिजयी लक्ष्य पेस गरेको हो।

भारतका लागि दिपक चाहर, चाहल र कुलदिप यादबले दुइ दुइ विकेट लिएका थिए। निकै समय पछि राष्ट्रिय टोलिमा फर्किएका चाहल-कुलदिपको जोडीले श्रीलंकाको ब्याटिंगको रफ्तारमा रोक लगाएको थियो।

नया अनुहारहरु सम्मिलित भारतीय टोलिले पाएको २६३ रनको बिजयी लक्ष्य सजिलै हासिल गर्यो। भारतीय ओपनरहरुको सुरुवात आक्रामक रहेको थियो। पहिलो पावरप्लेमै भारतीय टोलीले ९१ रन जोडेको थियो। भारतले पहिलो विकेटको रुपमा पृथ्बी शलाइ ४३ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो भने डेब्यु खेलाडी इशान किशानलाइ ५९ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो। ओपनर तथा कप्तान शिखर धवनले भने आफ्नो पारिलाइ होसले अगाडी बढाएका थिए।

उनलाई साथ् दिने क्रममा मनिष पाण्डेयले २६ रन जोडे भने सुर्य कुमार यादबले ३१ रनको अविजित पारी खेलेका थिए। भने कप्तान धवनले ८६ रनको अविजित पारी खेल्दै, भारतका लागि जित निश्चित गरेका थिए।

श्रीलंकाका बलरहरुले भारतीय ब्याट्सम्यानलाइ तंग गर्न नसक्दा स्कोर पछ्याउन सजिलो भएको थियो। धनन्जय सिल्भाले दुइ र संदाकनले एक बाहेक कुनै अरु बलरले विकेट लिन सकेनन।

जित संगै भारतले यस एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ।

Leave a Reply

Next Post

सन्दीपले 'द हन्ड्रेड' गुमाउन सक्ने !!

Tue Jul 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | सन्दीपले ‘द हन्ड्रेड’ गुमाउन सक्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इङ्गल्याण्डमा आयोजित ‘द हन्ड्रेड’ प्रतियोगिताको सुरुवाती खेलहरु गुमाउने भएका छन्। ६०,००० पाउन्डमा ओभल इन्भिन्सिबलमा अनुबन्धित भएका लामिछानेले भिसा समस्याका कारण प्रतियोगिता खेल्न नसक्ने एक अमेरिकी अनलाइन समाचार पोर्टल ईएसपीएन क्रिकइन्फोले बताएको छ। […]
Sandeep Lamichhane in the hundred
%d bloggers like this: