पहिलो खेलमै रोनाल्डोको ब्रेस , युनाइटेडको सहज जित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। न्यु क्यासल बिरुद्द भएको खेलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ।

पहिलो हाफमा निकै धेरै मौकाहरु सिर्जना गरेको म्यानचेस्टर युनाइटेडले ४५औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

ग्रिनवुडले बक्सबाहिरबाट प्रहार गरेको सट न्युक्यासका खेलाडीको खुट्टामा लागेर बल रोनाल्डोअगाडि पुगेको थियो र उक्त मौकालाइ उनले ट्यापइन गर्दै गोल गरेका थिए।

पहिलो हाफ युनाइटेडको पक्षमा समाप्त भयो।

दोस्रोहाफ पनि उही उर्जामा सुरु गरेको युनाइटेडले दिफेन्सिब गल्तिले ५६औ मिनेटमा गोल कन्सिड गर्न पुग्यो। न्यु क्यासलका म्याङ्क़ुइल्लोले गोल गर्दै न्युक्यासलका लागि बराबरी गरेका थिए।

५६ मिनेटमा बराबरीको मोडमा रहेको खेलमा युनाइटेडले पुन आफुलाई आक्रामक रुपमा ल्यायो। र सोहिको फल अनुसार रोनाल्डोले उकृष्ट गोल गर्दै युनाइटेडलाइ अग्रताको स्थितिमा ल्याए।

६२ औ मिनेटमा रोनाल्डोले लुक सको एसिस्टलाइ गोलमा परिणत गर्ने प्रक्रियामा किपरको टाङ्ग मुनिबाट गोल गरे। युनाइटेडले ६६ औ मिनेटमा जाडोन सान्चोको ठाउमा जेसी लिङ्घार्डलाइ मैदानमा भित्र्याएको थियो।

८० औ मिनेटमा पोग्बाले दिएको उत्कृष्ट पासलाइ गोलमा परिणत गर्दै ब्रुनो फ़र्नाण्डेजले युनाइटेडको लिडलाइ दोब्बर पारेका थिए। ८५ औ मिनेटमा युनाइटेडका लागि डोनि भ्यान डि बिक र एन्थोनी मार्सियलले ग्राउण्ड प्रवेश गरेका थिए।

९१ औ मिनेटमा लिङ्गार्ड्ले उत्कृष्ट गोल गर्दै खेललाइ अन्त्य गरे। युनाइटेडले अन्तर्राष्ट्रिय ब्रेक पछिको पहिलो खेलमा ४-१ को जित निकाल्यो।

यस संगै रोनाल्डोले युनाइटेडका लागि २७ वटा ब्रेस गोल गरेका छन्।

Leave a Reply

Next Post

मेस्सी र नेमार बिनै उत्रेको पीएसजीको बिशाल जित

Sat Sep 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको घरेलु लिग फ्रेन्च लिग वान अन्तर्गत आज सम्पन्न पाँचौ चरणको खेलमा पिएसजी विजय भएको छ। पेरिसले आफ्नो उत्कृस्ट लयलाइ कायम राख्दै अघिल्लो सिजन गुमाएको लिग उठाउने दाउमा अघि बढेको छ। घरेलु मैदानमा भएको खेलमा पेरिसले कलेर्मण्ट माथि ४-० गोल अन्तरको सहज जित हात पारेको छ। आफ्ना […]
%d bloggers like this: