पहिलो टि-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजद्वारा अस्ट्रेलिया पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स | टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाले राम्रो सुरुवात गरेको थियो।

दोस्रो ओभरमा वेस्ट इन्डिजका आक्रमक ओपनर लेविसलाई पबिलियन फर्काएको अस्ट्रेलियाले पावर प्ले सकिदा २ विकेट चट्काएको थियो भने निकै कम्ती रनमात्र दिएको थियो।

पहिलो पावरप्ले समाप्त हुदा, वेस्ट इन्डिजले ६ ओभरमा २४ रन बनाएको थियो र सो क्रममा दुई विकेट गुमाइसकेको थियो।

जोस हेजलवुडले चार ओभरमा १२ रन खर्चदा तीन विकेट लिए। आन्द्रे रसेलले २८ बलको सामना गर्दै ५ छक्का र तीन चौका प्रहार गर्दै ५१ रनको योगदान दिएका थिए।

१४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरको पावरप्लेमा ब्याटिङ गर्दै ५३ रन बनाएको थियो। राम्रो सुरुवात गरे पनि, मिडल अर्डरमा राम्रो ब्याटिङ गर्न नसक्दा जितको नजिक पुगेको अस्ट्रेलियाले लगातार रुपमा विकेट गुमाउँदै हार बेहोरेको हो।

१६ ओभरमा अस्ट्रेलियाले १२९ रन बनाउदा, १० विकेट गुमाउन पुग्यो।

१४५ रनको लक्ष्य दिएको वेस्ट इन्डिजले सो स्कोर डिफेन्ड गर्ने क्रममा, विन्डिजका लागि, ओबेड मेक्कोयले चार विकेट लिदा, वाल्सले तीन विकेट चट्काएका थिए।

अस्ट्रेलियालाई १२९ रनमा समेट्दै वेस्ट इन्डिजले १८ रनको जित हासिल गरेको हो।

Leave a Reply

Next Post

कोपा अमेरिका फाइनल : अर्जेन्टिना र ब्राजिल उत्रदै, कस्ता छन् त अघिल्ला भेटहरु ?

Sat Jul 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। सेमीफाइनलमा कठिन जितहरु हात पार्दै फाइनल प्रवेश गरेका अर्जेन्टिना र ब्राजिलको अहिले सम्म १३ पटक आमने सामने भैसकेको छ। यस कोपामा दुवैको लय कस्तो छ त ? कोपा अमेरिका २०२० का खेलहरुमा अहिले सम्म दुवै टोलि अपराजित नै छन्। अर्जेन्टिनाले ६ खेलमा दुइ खेलमा बराबरी गर्दै […]
%d bloggers like this: