पहिलो टि-२० खेलमा भारतीय बलिङ्गको सामु श्रीलंका स्तब्ध !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको श्रीलंकाले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै भारतलाइ १६४ रनमा रोकेको थियो।

पृथ्बी शको रुपमा पहिलो विकेट चट्काएपछि श्रीलंकाले सुरुबाटै दबाब सिर्जना गरेको थियो। पहिलो विकेट गुमे पछि क्रिजमा आएका संजु सामसन र शिखर धवनले महत्वपूर्ण साझेदारी गरे। संजु सामसनले २७ रनको पारी खेलेर आउट हुदा, धवनले भने सुर्यकुमार यादबसंग अर्को महत्वपूर्ण साझेदारी गरे।

साझेदारी ६२ रनको हुदा, धवन व्यक्तिगत ४६ रनको स्कोरमा पबिलीयन फर्किए। १९०-२०० रनको लक्ष्यसम्म पुग्ने जस्तो देखिएको भारतलाइ मध्यक्रमका ब्याट्सम्यानहरुको योगदान आवश्यक थियो।

खेलको महत्वपूर्ण स्थितिमा अर्धशतकिय पारी खेलेका सुर्य कुमार यादबको विकेट गुमे संगै, दुवै नया ब्याट्सम्यानले क्रिजमा स्वागत पाए। इशान किसान र हार्दिक पाण्ड्याले रनको रफ्तार बढाउन नसक्दा भारतले १६४ रनको योगफल खडा गर्यो।

श्रीलंकाका लागि चमिरा र हसरंगाले दुइ दुइ विकेट चट्काए भने अकिला धनन्जय महंगा साबित भए १० ओभरमा तिन विकेट गुमाउदै ६४ रन जोडेको श्रीलंकाका लागि असलंकाले राम्रो पारी खेले।

राम्रो सुरुवात गरेल्को श्रीलंकाले भारतको स्पिन आक्रमणको सामना गर्न नसक्दा धराशायी बन्न पुग्यो। युज्बेन्द्र चाहाल र बरुण चक्रवर्तीको उत्कृष्ट बलिङ्ग रहदा श्रीलंका दबाबमा रहीरह्यो। त्यसकै नतिजा अनुरुप श्रीलंकाले तिब्र गतिका बलरहरु सामुन्ने खेललाइ गुमायो।

लगातारको विकेट गिर्दै गए पश्चात १९ औ ओभरमा १२६ रन बनाउदै श्रीलंकाले ३८ रनको पराजय बेहोर्न पर्यो। भारतका लागि चार ओभरमा मात्र २२ रन खर्चदै तिन विकेट चट्काउने भुवनेश्वर कुमार खेलका उत्कृष्ट खेलाडी साबित भए।

Leave a Reply

Next Post

बंगलादेशलाई अर्को शृंखला

Mon Jul 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जिम्बाबेबिरुद्धको अन्तिम तथा निर्णयक टीट्वेन्टी खेलमा बङ्गलादेशले ऐतिहासिक जित दर्ता गरेको छ। जिम्बाबे स्थित हरारे खेल मैदानमा भएको उक्त खेलमा बंगलादेशले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो। जिम्बाबेले दिएको १९४ रनको चुनौती पछ्याउने क्रममा बङ्गलादेशले १९.२ ओभरमा ५ विकेट  गुमाउँदै आफ्नो दोस्रो ठूलो विजयी लक्ष्य पछ्याएको […]
%d bloggers like this: