पाँच बर्षमा तेस्रो च्याम्पियन्स लिग फाईनल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन प्रशिक्षक योर्गन क्लोपको नेतृत्वमा लिभरपुलले आफ्नो पुरानो रवाफलाई पुनर्जीवन दिन सफल भएको छ।

तीन दशक पछाडि शीर्ष डिभिजनको उपाधि जितेर होस् या पछिल्ला ५ वर्षमा तेश्रोपटक च्याम्पियन्स फाइनलमा पुगेर। 

उनको संकल्पले लिभरपुलमा जागेको उत्साह र सफलताको वर्णन शब्दमा मात्र सीमित छैन। 

लिभरपुलका प्रशिक्षक भएपश्चात यदि आफु चारदेखि पाँच वर्ष बस्न सके, शीर्ष उपाधि मध्येको जुनै एक उपाधि अवश्य जित्ने बताएका थिए। 

उक्त अन्तरवार्ताको पनि झण्डै ८ वर्ष भइसकेको छ र लिभरपुलले यसबीचमा युरोप तथा घरेलु लिगमा जित्ने प्रमुख उपाधिहरू आफ्नो नाम गरिसकेको छ।

हाल विश्वकै उत्कृष्ट टोलीमध्ये एक रहेको लिभरपुलले भिल्लारियल विरुद्धको पुनरागमन जितसँगै च्याम्पियन्स लिग फाइनलमा सहभागिता जनाईरहँदा यस सिजनको तेस्रो ट्रफी फाइनल पुगेको छ।

जसमध्ये एफ.ए कपको फाईनलमा चेल्सी विरुद्ध खेल्न बाँकी रहेको छ भने इंग्लिस लिग कपको उपाधि जितिसकेको छ।

इंग्लिस प्रिमियर लिगमा पनि शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी विरुद्ध केवल १ अंकको दुरीमा रहेको लिभरपुल, यसपटक सबै ट्रफी जितेर इतिहास रच्न चाहन्छ।

उक्त सफलता हात पार्न सकेको खण्डमा लिभरपुल सम्भवत: अहिले सम्मकै सबैभन्दा उत्कृस्ट इंग्लिस टोलि बन्ने छ।

उसलाई यतिबेला त्यो सफलता हात पार्न बाट रोक्न सक्ने एउटै मात्र टोली भनेको म्यान्चेष्टर सिटी रहेको छ। 

दुबै टोलीले शीर्ष डिभिजनको उपाधिका लागि एकअर्कालाई राम्रो चुनौती दिइरहँदा, च्याम्पियन्स लिग फाइनलमा पनि यी दुई शिर्ष टोलीको सहभागिता हुने सम्भावना निकै प्रबल रहेको छ। 

लगातार घरेलु फुटबलमा दबदबा बनाइरहेका पनि युरोपियन प्रतियोगिता जित्न नसकेको म्यान्चेस्टर सिटीका लागि प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधि जित्ने राम्रो दाउ रहेको छ।

गत सिजन च्याम्पियन्स लिगमा भोगेको पराजयको घाउमा मल्हम लगाउन सिटि हरपल तयारी अवस्थामा छ।

 

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिग: रियल मड्रिड र म्यानचेस्टर सिटिको महाभिडन्त

Wed May 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपकै प्रतिष्ठित च्याम्पियन्स प्रतियोगताको फाइनल प्रवेशका लागि आज रियल मड्रिड र म्यानचेस्टर सिटि भिड्दै छन्। युरोपेली लिग अन्तर्गत दोस्रो सेमिफाइनलको दोस्रो लेग अन्तर्गत, यस लेगको बिजेता क्लबले लिभरपुल विरुद्ध पेरिसमा फाईनल खेल खेल्नेछन। सेमिफाइनलको पहिलो लेग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिले मड्रिड विरुद्ध ४-३ को […]
%d bloggers like this: