पाकिस्तानलाई दोस्रो पटक विश्वकप जित्ने सुवर्ण अवसर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसपटकको टी-ट्वान्टी विश्वकप क्रिकेटमा बिश्व जगतलाई पाकिस्तानले आफ्नो पुनरागनको सन्देश दिएको छ।

सन् २०१७ को च्याम्पियन्स ट्रफी हात पारेपछि केही सुधारिएको पाकिस्तानी क्रिकेट विगत दुई वर्षयता भने केही थलिएको जस्तो देखिन्थ्यो।

यसपटकको विश्वकपमा पनि पाकिस्तानलाई दावेदारका रुपमा कमैले हेरेका थिए। खेलाडी छनौट देखि क्रिकेट बोर्डका समस्या, सम्पूर्ण रुपले पाकिस्तानी क्रिकेट अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि मात्र फर्किरहेको थियो।

तर पाकिस्तानी पूर्व क्रिकेटरहरुले भने पाकिस्तानी टोलीलाई कमजोर नआँक्न प्रतियोगिता सुरुहुन भन्दा अगाडि नै बताईरहेका थिए।फलस्वरूप पाकिस्तानी टोलीको दमदार प्रदर्शन अघि सबै प्रतिद्वन्दी नतमस्तक भए।

बहुप्रतीक्षित भारत विरुद्धको पहिलो खेलमा पाकिस्तानको प्रदर्शन अघि भारतले घुँडा टेकेको थियो। यसअघि विश्वकपका खेलमा सधैँ पराजित भएको पाकिस्तानले भारतविरुद्ध १० विकेटको ऐतिहासिक जित निकालेको थियो।

भारत भन्दा ठुलो परीक्षा पाकिस्तानलाई न्युजिल्याण्ड विरुद्धको खेलमा रहेको थियो। आफ्नो घरेलु मैदानमा पक्का भएको सिरिज छोडेर बीचमै हिँडेको न्यूजिल्याण्डको टोली विरुद्ध पाकिस्तानले डटेर लड्यो किवी टोलीलाई पछारेर छोड्यो।

ब्याटिङमा परम्परागत समस्या रहेको पाकिस्तानी टोलीलाई यसपटक भने बाबर आजम र मोहमद रिजवानले प्रतिवादको रूपमा उभिएर चुनौती पूर्ण स्कोर खडा गर्न मद्दत गरीरहेका छन्। बाबर आजम यसपटकको विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा बसेका छन्। अर्को तिर रिजवान उनलाई पछ्याउँदै छैठौं स्थानमा बसेका छन्।

बलिङतर्फ सदैब उत्कृष्ट रहेको पाकिस्तानी टोलीका लागि शाहिन अफ्रिदी वरदान सावित भएका छन्। उनलाई साथ दिँदै हरिस राउफ निर्णायक क्षणमा सधैँ टोलीलाई साथ दिन तत्पर रहेका छन्। यी दुई तीव्र गतिका बलरले आपसमा १४ विकेट लिइसकेका छन्।

बलिङ र ब्याटिङ दुवै क्षेत्रमा यसपटक राम्रो प्रदर्शन गरेको पाकिस्तानी टोलीले आफ्नो खुट्टामा आफै बन्चरो नहाने सम्म प्रतियोगिताबाट बाहिरिनेछ छाँटकाँट देखिँदैन।

अष्ट्रेलिया विरूद्ध बिहीबार हुने सेमिफाइनलका खेलमा अहिले चलिरहेको उच्च लयलाई निरन्तरता दिन सके, विश्वकपका खेलमा एकरूपता दिन नसकेको अस्ट्रेलियन टोलीलाई मात दिनसक्ने ठूलो क्षमता रहेको छ।

सन् २००९ मा पहिलो पटक विश्व च्यापियन बनेको पाकिस्तानी टोलीलाई प्रदर्शनको हिसाबले हेर्ने हो भने सबै भन्दा सुनौलो मौका रहेको छ दोस्रो पटक च्याम्पियन बन्ने।

Leave a Reply

Next Post

सन् २०२२ को टि-२० विश्वकपका लागि नेपालले ग्लोबल क्वालिफायर खेल्ने

Tue Nov 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०२२ मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागिता जनाउने १६ टोली मध्ये १२ टोलीको टुंगो लागेको छ। आयोजक राष्ट्र अस्ट्रेलिया स्वतः छनौट भैसकेको छ भने बाँकी ११ टोलि मध्ये अस्ट्रेलिया संगै इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान र बंगलादेश नोभेम्बर १५ को टि-२० […]
%d bloggers like this: