हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अघिल्लो सिजन रियल मड्रिडविरुद्ध नक आउट चरणमा हारको पिडा पिएसजी बाहेक अन्यलाई सायदै होला।
त्यसै समयदेखि नै दबाब झेल्दै आएका अर्जेन्टिनी प्रशिक्षक माउरीसियो पोचेटिन्होले अब क्लब छाड्ने भएका छन्।
दुई सिजन अघि हाल चेल्सीका प्रशिक्षक थोमस टुकेलको प्रतिस्थापनकारुपमा अर्जेन्टिनी प्रशिक्षक पेरिस पुगेका थिए।
लण्डनको क्लब स्पर्ससंग आफ्नो कार्यकालको शानदार प्रदर्शन गर्न सफल भएपछि, पेरिसले उनीमाथि नजर लगाएको थियो।
तर स्पर्सको जस्तो कहानी उनले पेरिसमा बन्न सकेनन्, उनकोको सफलताले उच्च शिखर चुम्न सकेन।
उनले आफ्नो पहिलो सिजनमै लगातार लिग वानको विजेता बनिरहेको पेरिसलाई उपविजेतामा सीमित बनाए।
पहिलो सिजन मध्यमा आएका कारण उनलाई केही असहज भएको भनेर क्लबले चित्त बुझाएको थियो।
दोस्रो सिजन अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको आगमनसंगै नेमार, एम्बाप्पे र मेस्सीले युरोपमा तहल्का लगाउने अनुमान गरियो।
तर नतिजा त्यसको ठीक विपरीत हुन पुग्यो र पेरिस नाक आउट चरणबाटै घर फर्कन बाध्य भयो। उनीमाथि त्यस बेलादेखि नै असाध्यै दबाब बढेको थियो।
उनको पेरिसमा समय सकिएको उतिबेलै अड्कल काटे पनि, पेरिसले धैर्यता देखाउँदै उनलाई सिजनको अन्त्यसम्म निरन्तरता दिने अठोट गर्यो।
तर वर्तमान अवस्थामा फेरि उनीसँग सम्बन्धविच्छेद गरिसकेको छ।
उनलाई १० मिलियन राहत प्याकेट स्वरुप प्रदान गरिनेछ भने उनको स्थानमा अब क्रिस्टोफर ग्याल्टियर पेरिसको नयाँ प्रशिक्षक बन्ने छन्।
क्रिस्टोफि ग्याल्टियर तिनै प्रशिक्षक हुन् जसले अर्जेन्टिनी प्रशिक्षकलाई आफ्नो पहिलो कार्यकालमा उपविजेतामा सीमित बनाएका थिए।
क्रिस्टोफिकै नेतृत्वमा लिलले पछिल्ला तिन सिजनमा पेरिसलाई लगातार दबाब दिन सफल भएको छ।
उनले २०२१ मा पेरिसलाई उछिन्दै लिलको क्लब इतिहासमै चौथोपटक शिर्ष डिभिजन उपाधि हात पारेका थिए।
उनलाई पनि पेरिसले प्रमुख उद्देश्यका रुपमा आफ्नो पहिलो युरोपियन ट्रफी नै राखेको छ। के कति सफल बन्ने हुन त्यो त भविष्यले नै बताउने छ।