पिएसजी सङ्गको हार पश्चात मेस्सी बारे यसो भन्छन पेप ग्वार्डियोला

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले पेरिस संग २-० गोल अन्तरको हार बेहोरेको छ।

तर प्रशीक्षक पेप भने प्रदर्शनलाई लिएर खुसि छन्।

‘म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेनलाई नियन्त्रणमा लिएको थियो तर लियोनल मेस्सीको गोलले खेललाई अर्कै मोडमा पुर्यायो’ पेप गार्डियोलाले खेल पछि भने।

इद्रिसा गुएईले पीएसजीलाई पहिलो हाफको अग्रता दिलाएका थिए। तर बर्नार्डो सिल्भाले प्रहार गरेको शट  क्रसबारमा लाग्नुनै सिटीको दुर्भाग्य रह्यो र सिटीले हाफको सबैभन्दा राम्रो मौका गुमायो।

प्रिमियर लिग च्याम्पियनको ५४ प्रतिशत पोसेसन थियो तर पीएसजीको गोलमा गियानलुइगी डोन्नरुम्मालाई पछाडी पार्ने बाटो पाउन सकेनन्, र मेस्सीले केलियन एम्बाप्पेको ले-अफ बाट शानदार गोल गर्दै गरी नतिजा सुरक्षित बनाए।

“यो एक राम्रो प्रदर्शन थियो। हामीले सबै थोक गर्यौ तर गोल गर्न सकेनौं,” सिटीका म्यानेजरले बीटी स्पोर्टलाई भने।

“हामीले राम्रो डिफेन्ड गरेका थियौं, उनीहरुले अनि सोहि अनुसारको खेल प्रदर्शन गरे। पक्कै पनी काउन्टर अट्याकमा उनीहरुको गति र क्षमता सधैं खतरनाक हुन्छ, तर हामीले उनीहरुलाई नियन्त्रणमा राख्यौं। दुर्भाग्यवश, हामी गोल गर्न सकेनौं। यो फुटबल हो। भन्नको लागी केहि छैन, मेरो सबैभन्दा ठूलो प्रशंसा छ टिमका लागि।

“दोस्रो हाफमा, हामीसंग धेरै [मौका] थियो। डोन्नरुम्माले राम्रो बचाउ गरे, तर टीम त्यहाँ थियो, स्ट्यामफोर्ड ब्रिज जस्तै।

“यो दु: खको कुरा हो किनकि हामी जित्न खेलेका थियौं, हामी त्यहाँ चुक्यौ। दुर्भाग्यवश, उनीहरुलाई गोल गर्न धेरै जरूरी छैन, र उनीहरुले यो गरे।

“गोल [मेस्सी बाट] शानदार थियो।”

सिटीले सेप्टेम्बर २०१८ पछि पहिलो पटक च्याम्पियन्स लिग समूह चरणको हार बेहोर्नु परेको थियो। सिटि त्यस बखत लियोनसंग २-१ ले पराजित भएका थियो। तर त्यसपछि सिटि लगातार १८ वटा खेलमा अपराजित रहेको थियो।

ग्वार्डिओलाको सिटीले पिएसजी बिरुद्ध १८ शट प्रहार गरेको थियो, जुन च्याम्पियन्स लिगको खेलमा कुनै गोल नगरी उनीहरुको सबैभन्दा धेरै शट रहेको छ।  डिसेम्बर २०२० मा पोर्टो बिरुद्ध पनि १८ शटहरु प्रहार गर्दा सबै असफल भएका थिए।

नतिजाले पीएसजी चार अंकको साथ समूहको शीर्ष स्थानमा रहेको छ, क्लब ब्रुग र सिटी भन्दा एक अंक मात्र अगाडि।

सिटिले अब आइतबार लिभरपुलसँगको प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ।

पेरिस विरुद्धको हारले टीमलाई केहि असर पार्लाकि भन्ने प्रश्नको उत्तरमा पेपले “अब, हामी आज राती राम्रो खाना खानेछौं, एक गिलास वाइन पिउने छौं, मज्जाले आराम गर्नेछौ र हामी आइतबार खेल को तयारी गर्न जाँदैछौं,” भने।

Leave a Reply

Next Post

बिराटनगरको कमजोर ब्याटिङ , भैरहवासामु पेस गर्यो सामान्य लक्ष्य

Wed Sep 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले भैरहेको भैरहवा गलाडीयेटर्स र विराटनगर वारियर बीचको खेलमा विराटनगरले भैरहवालाई ९० रनको चुनौती पेस गरेको छ। निर्धारित २० ओभरको खेलमा विराटनगरले १७ दशमलव ४ ओभरमा आफ्नो सम्पूर्ण  विकेट गुमाउँदै  ८९ रन बनाउन पुगेको थियो। टस जितेर पहिले फिल्डिङ रोजेको भैरहवाका लागि […]
%d bloggers like this: