पुनः मैदानमा फर्कने तयारी गर्दै सर्जियो अगुएरो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार तथा म्यानचेस्टर सिटिका सर्बाधिक गोलकर्ता सर्जियो अगुएरोले मैदानमा फर्कने संकेत देखाएका छन्।

गत सिजन म्यानचेस्टर सिटिबाट फ्री ट्रान्सफरमा बार्सिलोना भित्रिएका फरवार्ड, मुटुमा आएको समस्याका कारण खेलजीवनबाट सन्यास लिन बाध्य भएका थिए।

तर उनि शिर्ष स्तरको फुटबलमा नभई तल्लो डिभिजनका फुटबलका क्लबहरु संग खेल्ने सम्भावना भने बढी रहेको छ।

शिर्ष स्तरमा लामो करियरमा उनले प्रिमियर लिग च्याम्पियन सिटिसँग ठूलो सफलता मनाएका छन्।

राष्ट्रिय टोलीमा सन् २०१४ को विश्वकप फाइनल सम्मको यात्रा देखि कोपा अमेरिका जित्दा सम्म उनको भूमिका राम्रो रहेको थियो।

च्याम्पियन्स लिगमा एउटा मेडल नहुनु चाहिँ उनको करिअरको दुर्भाग्य बन्न पुगेको छ। उनले युरोपियन ट्रफी बाहेक क्लब स्तरमा लगभग सम्पूर्ण शिर्ष ट्रफी जितेका छन।

तर ३३ वर्षीया दिग्गज खेलाडीमाथि फुटबलको भने अझै पनि खेल्ने भोक छ।

यद्यपि अगुएरोले आफ्नो पुनरागमन भने शीर्ष स्तरमा नहुने बताएका छन्, उनको भोकले उनलाई केवल रमाइलोको लागि खेलेको देख्ने संकेत गर्दछ।

“हिजो (मंगलबार), यो मेरो दिमाग पार भयो कि म फुटबल फेरि खेल्न सक्छु ,”अगुएरोले टिवाईसि स्पोर्ट्सलाई भने।

“डाक्टरहरूले मलाई पाँच वा छ महिना फुटबलबाट बाहिर बिताउनु पर्ने बताएका थिए, तर म फेरि प्रशिक्षण गर्न चाहन्छु।”

“म मनोरञ्जनात्मक रूपमा खेल्न चाहन्छु।”

यसै अन्तर्वार्तामा उनलाई एमएलएसबाट मौका प्राप्त भएपनि उनले नकारेको बताए।

अगुएरोको सन्यासको अर्थ उनले कतार २०२२ को विश्वकपमा अर्जेन्टिनाको लागि कुनै भूमिका खेल्ने छैन।

उनको राष्ट्र गत वर्ष कोपा अमेरिकाको जितपछि विश्वकपको दाबेदार मध्येको एक रहेको छ।

लियोनेल स्कालोनीको टोली फ्रान्स, कोपा अमेरिकाको उपविजेता ब्राजिल र युरो २०२० को फाइनलमा रहेको इङ्ल्यान्डसँग शुक्रबार ड्र हुने क्रममा शीर्ष वरीयतामा पर्नेछ।

संगै अर्जेन्टिना सन् २०१४ को विश्वविजेता जर्मनी संग पर्ने सम्भावना प्रबल रहेको छ। जर्मनी च्याम्पियन बन्दा अर्जेन्टिनालाई नै पराजित गर्दै विश्व च्याम्पियन बनेको थियो।

 

Leave a Reply

Next Post

कीर्तिमानी करण केसी

Fri Apr 1 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालका स्टार बलिंग अलराउन्डर करण केसी आफ्नो प्रदर्शनका कारण निकै चर्चामा आउने गरेका छन। हालैको समयमा नेपाललाई चाहिएको बेला सबैभन्दा बढी प्रभाब पार्न सक्ने खेलाडी करण नै हुन भन्दा दुईमत छैन। नेदरल्याण्ड विरुद्धको जितमा होस या पीएनजी विरुद्धको ह्याट्रिकमा होस उनको प्रदर्शनको चर्चा यतिबेला चुलिएको छ। […]
%d bloggers like this: