हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै क्याटलन महारथी बार्सिलोनाले एल्के विरुद्ध शानदार जित निकालेको छ।
एल्केको घरेलु मैदानमा पहिलो हाफमा १-० ले पछि परेको स्थितिमा दोस्रो हाफको मध्याह्न पछि पुनरागमन गर्दै बार्सिलोनाले २-१ ले खेल आफ्नो हातमा पारेको थियो।
आइतबार बेलुकी भएको खेलमा पहिलो हाफको ४४ औ मिनेटमा घरेलु टोलि एल्केका लागि डोन फिडेलले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा बार्सिलोनाका मिडफिल्डर गाभीको स्थानमा मैदान प्रवेश गरेका फेरान टोरेसले दोस्रो हाफको ५९औ मिनेटमा जोर्दी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए।
त्यस लगतै ६४औ मिनेटमा घरेलु टोलीका लागि फिडेलले नै गरेको प्रहारलाई बार्साका गोल रक्षक टेर स्तिगनले बचाउदै पाहुना टोलीलाई खेलमा राखेका थिए।
बार्सिलोनालाई खेलमा फर्काएका फेरान टोरेसले गोल गर्ने अन्य मौकाको सहि सदुपयोग गर्न नसक्दा बार्सिलोनाले पाहुना टोलीबाट दबाब झेलेको थियो।
रोमान्चक बनेको खेलमा दुवै टोलीबाट आकर्षक खेल प्रस्तुत भएको थियो। तर खेलको ८३औ मिनेटमा भिडियो एस्सिस्टेन्ट रेफ्रीले एन्टोनियो बर्गेनको ह्यान्डबल घोषणा गर्दै बार्सिलोनालाई पेनाल्टी दिएपछि पाहुना टोलीले खेलमा ३ अंक बटुल्ने मौका पाएको थियो।
पेनाल्टीमा डच खेलाडी मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई २-१ को उत्कृस्ट पुनरागमन जित दिलाउन सफल भए।
जित संगै बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। डिसेम्बर यता लिगमा हार नबेहोरेको बार्सिलोना पछिल्लोले पाँच लिग खेलमा ४ जित र एक बराबर नतिजा निकालेको छ।
जित संगै बार्सिलोनाले शिर्ष ४ को दौडमा आफुलाई बजबूत स्थानमा पुर्याएको छ भने तालिकामा तेस्रो स्थानमा उक्लन सफल भएको छ।
हार बेहोरेको एल्के भने तालिकामा १४ औ स्थानमा रहेको छ।