हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस फुटबलमा चेल्सीलाई फाइनलमा पराजित गरेपछि योर्गन क्लोपले लिभरपुललाई १७ बर्ष पछि एफए कप जिताए।
क्लोपले लिभरपुलमा सात वर्ष बसाइको क्रममा युरोप तथा घरेलु फुटबल सम्पूर्ण उपाधि जित्न सफल भएका छन्।
मुख्य उपाधिहरू बिनाको एक दशक भन्दा लामो यात्रालाई उनकै आगमनले पूर्णविराम लगाइदिएको छ।
स्लिपींग जायन्टको उपमा पाएको लिभरपुललाई उठाउन उनको योगदान वास्तबमै उच्च दर्जाको भएको छ।
पहिलो मुख्य उपाधि जित्ने क्रममा, चौध वर्ष पश्चात युरोपेली च्याम्पियन्स लिग जिताउदै सनसनीपूर्ण यात्रा सुरुवात गरेका थिए।
त्यस्पचात तीन दशकपछि प्रिमियर लिगको शीर्ष डिभिजनको उपाधि जित्नु, १५ वर्षपछि दोस्रो प्रतिष्ठित घरेलु प्रतियोगिता हात पार्नु वास्तबमै अनुकरणीय रहेको छ।
उनकै नेतृत्वमा लिभरपुलले युरोपियन सुपर कप र फिफा क्लब विश्वकप जस्ता अन्य उपाधिहरू पनि आफ्नो पोल्टामा पार्न सफल भएको छ।
आधुनिक फुटबलमा स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाको निकटतम चिरप्रतिद्वन्द्वी रहेका योर्गनले आफू किन विश्वस्तरीय छु भनेर प्रमाणित गर्न सफल भएका छन्।
हुन त उनको प्रशिक्षणमा इतिहास पनि निकै लोभलाग्दो रहेको छ।
कुनै पनि ठूला र नाम चलेका टोलीहरुलाई सम्हाल्नु भन्दा तल्लो तहका टोलीहरुलाई हातमा लिएर अब्बल बनाउने उनको मुख्य विशेषता रहेको छ।
लिभरपुल आउनु भन्दा अगाडि जर्मनीमा बोरुसिया डर्टमुन्ड लाई शिर्ष डिभिजन र युरोपेली फाइनल तथा आफ्नो पुरानो क्लब मेन्जलाई शिर्ष डिभिजनमा फर्काएका थिए।
क्लोपले २ विभिन्न क्लबबाट फाइनलको यात्रा तय गरिसक्दा १ मा उपविजेता रहेकोमा विजेता हुने अवसर जुराएका छन्।
आउँदो युरोपेली फाइनल, उनको करियरको तेस्रो च्याम्पियन्स लिग फाइनल रहेको छ।
व्यवस्थापिकीय करियरमा बार्सिलोनालाई विश्व फुटबलकै ऐतिहासिक टोली बनाउन सफल भएका उनका समकक्षी पेपले भने त्यसपश्चात फाइनलको दर्शन गर्न पाएका छैनन्।
अथक बजेटका बाबजुद पनि युरोपेली कप जिताउन नसक्दा अब उनी चेकबुक म्यानेजर हुन कि भन्ने धेरै शंका रहेको छ।