पेरिसको जितमा मेस्सिको शानदार डेब्यु गोल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च लिग १ अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रेच महारथी पेरिस सेन्ट जर्मैनले नान्तेस विरुद्ध शानदार जित निकालको छ।

१० खेलाडीमा सीमित भएता पनि पेरिसले मिड टेबल क्लब नान्तेस को चुनौती ३-१ ले पाखा लगाएको थियो।

पेरिस को जितमा एम्बप्पेले एक गोल गरे भने स्टार खेलाडी लियोनेल मेस्सिले निकै लामो पर्खाईपछी घरेलु लिगमा गोल गर्न सफल भए।

च्याम्पियन्स लिगमा उनले डेब्यु गरेको खेलमै गोल गरेको भएता पनि लिगमा गोल गर्न भने उनले निकै समय कुर्नु परेको थियो।

पेरिस को लागि फ्रेन्च फरवार्ड किलियन एम्बप्पेले खेलको दोसो मिनेटमै गोल गर्दै घरेलु टोलिलाई १-० को अग्रता दिलाएका थिए।

६५औं मिनेटमा गोलरक्षक केलर नाभास सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिन पुगेको थियो । उनले लुडोभिक ब्लासमाथि फउल गर्न पुगेका थिए । ७६औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भयो । मेस्सीको थ्रु बललाई क्लियर गर्ने क्रममा अपिआले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

८७औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । मेस्सीले लिग वानमा पीएसजीका लागि ६ खेल खेल्दा पहिलो गोल गरेका हुन् ।

एम्बाप्पेको पासमा डी एरिया बाहिरबाट शानदार गोल गर्दै मेस्सीले आफ्नो गोलको खडेरी तोडेका थिए।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको रेनेसलाई १२ अंकले पछि पारेको छ । पराजित नान्टेस १८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

Leave a Reply

Next Post

ओलेलाई बर्खास्त गरेपनि म्यान युनाईटेड आफ्नै कारणले सफल हुन सक्दैन

Sun Nov 21 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लगातार खराब प्रदर्शन जारी रहेपछि अन्तत म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सायरलाई भने बर्खास्त गरेको छ। इंग्लिस प्रिमियर लिगमा शनिबार बेलुकी म्यानचेस्टर युनाइटेडले वाटफर्ड विरुद्ध पुनः एकपटक निकै तल्लोस्तर को खेल प्रदर्शन गरेको थियो। लिगमा १२ औं चरणको खेल खेलेको म्यानचेस्टर युनाइटेड वाटफोर्ड को घरेलु मैदानमा […]
%d bloggers like this: